RUMPUM
animated ellipse animated ellipse

तीन हजारको कोटामा ६ हजारले म्यादी प्रहरीका लागि दिए परीक्षा(फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ कार्तिक २०७४, मंगलवार १४:५०
3
Shares
म्यादी प्रहरीका लागि लिखित परीक्षा दिन लाममा बसेका महिलाहरु । तस्वीर पुष्पराज थपलिया /खबर पूर्वाञ्चल
विराटनगर, ७ कार्तिक/ मोरङ जिल्लाका लागि ३ हजार १ सय ५७ जना म्यादीको कोटामा ६ हजार २ सय २९ जनाले लिखित परीक्षा दिएका छन् ।

म्यादी प्रहरीमा भर्नाकालागि निवेदन दिएकाहरुमध्ये शारिरिक तन्दुरुस्ती परीक्षा पास गरेका ६ हजार बढीले लिखित परिक्षा दिएका हुन् । शहिद रंगशालाको खुला मैदानमा लिइएको परीक्षामा ६ हजार २ सय २९ जना सहभागी भए । ४० मिनेटको समयावधिमा परीक्षार्थीलाई १ सय पुर्णांकको २५ वटा प्रश्न सोधिएको थियो ।

परीक्षाको नतिजा बुधबार दिउँसो ३ बजे प्रकाशन गरिने मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए । मोरङ जिल्लाका लागि ३ हजार १ सय ५७ जना म्यादीको कोटा निर्धारण गरिएको छ ।

म्यादी प्रहरीमा भर्नाका लागि मोरङबाट ११ हजार १ सय ३७ जनाले आवेदन दिएकामा शारीरिक तन्दुरुस्ती परीक्षमा २४ सय ७० जना असफल र २४ सय ३८ जना अनुपस्थित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर