खबर पूर्वाञ्चल
क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा मोरङ जिल्लामा हुुन लागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई व्यवस्थित र भयरहित वातवारण सम्पन्न गर्ने विषयमा सरोकारवालाहरु विच भेलामा छलफल भएको हो ।
सर्वदलिय भेलामा आचार संहिता पालना, मतदान केन्द्र, मतदाता शिक्षा तथा राजनितिकदलहरुको निर्वाचन सम्वन्धी गतिविधीका विषयमा छलफल भएको थियो ।
मोरङका प्रमुुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले निर्वाचनलाई मध्य नजर चारवटै सुुरक्षा निकायलाई सुुरक्षा योजना वनाएर परिचालन गरिएको वताए । मोरङका मुुख्य निर्वाचन अधिकृत एंव जिल्ला न्यायधिश राजुुकुुमार खतिवडाले आचार संहिताको पुुर्ण पालना हुुनु ुपर्नेमा जोड दिए ।
कार्यक्रमा जिल्ला समन्वय समिती मोरङका प्रमुुख नरेश पोखरेलले स्थानिय तहको निर्वाचन जस्तै संघिय निर्वाचनलाई सफल बनाउन सवै लाग्नु ुपर्नेमा बताए । कार्यक्रम क्षेत्रिय निर्वाचन अधिकृत प्रेमप्रसाद संन्जेलले निर्वाचनको तयारीका वारेमा जानकारी गराएका थिए ।
कार्यक्रम राजनितिकदलहरुको नेताहरुले आचार संहिता कार्यान्वयमा निर्वाचन कार्यालयको ध्यान जानुु पर्नेमा जोड दिए । गत निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै त्यसमा ध्यान पुु¥याउन निर्वाचन कार्यालयलाई दलका प्रतिनिधिहरुले आग्रह गरेका थिए ।
कार्यक्रमा मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत , राजनितिकदलका प्रतिनिधि सुरक्षा निकायका प्रमुुख , पत्रकार तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।