animated ellipse animated ellipse

खुल्ला खेल मैदानमा फुटसल सुरू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ कार्तिक २०७४, सोमबार २१:५०
3
Shares
गोपाल काफ्ले
पथरी, ६ कातिक । मोरङको बयरबनमा आज देखि पूर्वाञ्चल स्तरीय दोस्रो बयरबन फुटसल कप २०७४ सुरू भएको छ ।

बयरबन यूवा जमातका अध्यक्ष बुद्ध शाक्यको सभापतित्वमा रहेको खेलको उद्घाटन प्रमुख अतिथी कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबाहादुर काफ्लेले गरेका थिए ।

उद्घाटन खेलमा आयोजक बयरबन यूवा जमातलाई ट्राईबेकरमा १ बिरुद्ध ३ गोल गर्दै उर्लाबारी ट्रेनिङ सेन्टर बिजयी भएको हो । निर्धारीत समयमा दुबै ठिमले ३–३ गोलको बराबरी खेले पछि खेलको निर्णय ट्राईबेकरमा भएको हो ।

खेलमा उर्लाबारी ट्रेनिङ सेन्टरका बिजय धिमाल, निरज बस्नेत र मिक्चेन तामाङले १–१ गोल गरे भने आयोजकका बिजय ढकालले २ गोल र अर्जुन माझीले १ गोफ गरेका छन् । ट्राईबेकरमा उर्लाबारीका बिजय धिमाल, निरज बस्नेत र मिक्चेन तामाङले नै गोल गरे भने आयोजक बयरबन यूवा जमातका विष्णुकुमार लिम्बुले मात्रै गोल गरे । खेलको म्यान अफ द म्याच उर्लाबारीका बिजय धिमाल घोषित भए ।

बयरबन यूवा जमातको आयोजनामा सुरू भएको ६ जना खेलाडीले खेलिने युरोपियन खेललाई फुटसलको नाममा खेलाईदै छ । कातिक १५ सम्म सञ्चालन हुने खेलमा पूर्वका ८ टिमको सहभागी रहने छ । जनता आधारभुत बिध्यालय कानेपोखरी ४ बयरबनको खुल्ला खेल मैदानमा हुने खेलको विजेताले नगद ५० हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन उपविजेताले ३० हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर