AArya
RUMPUM
animated ellipse animated ellipse

तोकिएकै मितिमा निर्वाचन – नेता रिजाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ कार्तिक २०७४, बुधबार १९:५०
3
Shares
फाइल तस्वीर
विराटनगर, १ कार्तिक/नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन गर्ने गर्ने बताएका छन् ।

मोरङको सुनवर्सी नगरपालिकाको डायनियामामा आज आयोजित चुनावी सभालाई सम्वोधन गर्दै रिजालले निर्वाचन सर्ने सम्भावना नरहेको बताएका हुन् ।

नेकपा एमाले र माओवादीले मुुलुकलाई राजनितिक मुठभेडतर्फ लैजान खोजेको उनको गुनासो छ । संघिय संसद र प्रदेशको निर्वाचन निर्धारित मितिमै गर्न सरकार गम्भीर भएर लागेको अवस्थामा सरकारले निर्वाचन सार्न खोज्दै छ भन्नेुको कुनै अर्थ नरहेको बताए ।

]नेपाली कांग्रेस मुलुकलाई समृद्धि राष्ट्र बनाउने तर्फ लागेको तर एमाले र माओवादीले मुलुकलाई अगाडि वढाउने भन्दा पनि पछाडि लैजान खोजेकाले पनि अव सहि कुरालाई जनताले रोज्नुपर्ने बताए ।

नेता रिजालले नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्याय र सुजाता कोइरालाको साथ सहयोगवाट मोरङ क्षेत्र नम्वर–२ वाट आफुले चुनाव लडन लागेको भन्दै यसक्षेत्रका जनताले पनि आफुलाई सहि मुल्याङ्कंन गर्ने बताए । उनले विराटनगर आफनो घर भएपनि आगामी दिनमा यसक्षेत्रका जनताका लागी यहि क्षेत्रमा स्थाई रुपमा वसोवास गरेर जनताको शुखदुख पिरमार्कामा साथ दिने बताए । कांग्रेसका लागी सक्रिय रुपमा कामगर्दै आएकाले निर्वाचनमा जनताले आफुलाई साथ दिने समेत उनले बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्यागगरी पाचसयभन्दा वढि कार्यकतो नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर