RUMPUM
animated ellipse animated ellipse

वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेटको उपाधी रत्न यूथलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ आश्विन २०७४, मंगलवार १९:०८
3
Shares
गोपाल काफ्ले
पथरी, ३१ असोज /पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी रत्न यूथ क्लब पथरीले हात पारेको छ ।
मोरङको पथरीशनिश्चरे स्थित वीरेन्द्रनगरमा आज सम्पन्न फाईनल खेलमा पथरीशनिश्चरे ११ लाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै रत्नले उपाधी हात पारेको हो ।

रत्नले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएरकोे पथरीशनिश्चरे १३ दशमलब ४ बलमा सवै विकेट गुमाई ५६ रनमा चित्त बुझाएको थियो । पथरीशनिश्चरेका राकेश दाहालले १६ र राजु राईले १३ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

पथरी शनिश्चरे ११ लाई सस्तैमा समेट्नका लागि मेहबुब आलम, विजेन्द्र झा, अमृत सिंह र प्रवेश कामतीले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको रत्न युथ क्लबले १९ दशमलब १ बलमा सवै विकेट गुमाई १ सय २० रनको सामान्य योगफल तयार पारेको थियो । रत्नका रोनित सिंहले २७ र अमृत सिंहले २२ रन बनाए । पथरी शनिश्चरे ११ का सुमन इजम लिम्बु र संकर भुजेलले समान ३–३ विकेट लिए ।

उपाधि सँगै रत्न यूथ क्लबले नगद ५१ हजार रुपैयाँ साथै ट्रफी मेडल र प्रमाण पत्र तथा उपविजेतामा चित्त बुझाएको पथरी शनिश्चरे ११ ले नगद ३१ हजार रुपैयाँ साथै ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । फाईनल खेलको म्यान अफ द फाइनल रत्न युथका अमृत सिंह घोषित भए । त्यस्तै म्यान अफ द सिरिज घोषित तथा वेष्ट व्याट्सम्यान भएका रत्नकै निरितिया खडोलियाले १० हजार रुपैयाँ बरारको मोबाईल प्राप्त गरे । प्रतियोगिताको वेष्ट वलर पथरीशनिश्चरे ११ का सुमन इजम लिम्बु र वेष्ट फिल्डर आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबका विवेक कोईराला घोषित भए ।

असोज १९ गतेबाट सञ्चालन भएको प्रतियोगितामा पूर्वाञ्चलका १९ टोलीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर