खबर पूर्वाञ्चल
हाटखोला युवा परिवारले कुलतमा फसेका युवाहरुलाई समाजमा स्थापित गराउने उद्देश्य राखी यसपालिको शुभ दिपावलीको अवसर पारेर कात्र्तिक १ गते वि वोइङ्ग व्याटल सो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
विद्यालय उमेरका युवा–युवतीलाई नियतबस दुब्र्यसनमा लागेका ग्याङले समेत फसाउने गरेको तथ्यलाई मध्यनजर गर्दै नयाँ पुस्तालाई कुलतबाट जोगाउन जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको यूवा परिवारका संयोजक हेमच
न्द्र गिरीले जानकारी दिए । विभीन्न संघ–संस्थाहरुले लागु औषध विरुद्ध कार्य गर्दै आएको भएपनि यसलाई अझै प्रभावकारी बनाउन जरुरी ठानेर आफुहरुले सांगीतिक कार्यक्रम मार्फत सकारात्मक सन्देश दिने प्रयास गरेको उनको भनाई छ ।
दुव्र्यसनीका साथै सुर्ति र रक्सिले पनि मानव स्वास्थ्यमा ठूलो क्षती पु¥याइरहेको बताउँदै यसबाट जोगिनु आवश्यक रहेको संयोजक गिरीको भनाई छ । ‘यिनै कुराहरुलाई मध्यनजर राखी हामीले आयोजना गरेको यस वि वोइङ्ग व्याटल सो सम्पन्न गर्नका लागि पथरीशनिश्चरेमा घर भई वैदेशिक रोजगारीमा गएका यूवाहरुले सहयोग गरेका छन्’–उनले भने ‘जसमा १ लाख २० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।’
स्थानीय युवाहरुको प्रयासमा ‘लागु पद्धार्थरहित स्वास्थ्य समाजको लागि हाम्रो अभियान’ नाराका साथ व्याटल (प्रतियोगिता) गर्न लागेको हाटखोला यूवा परिवारका सदस्य सुवाश राईले बताए । ‘गीत–संगीतको माध्यमले यूवाहरुलाई लागु–औषधवाट वचाउँन यो समाजिक अभियान सुरु गरेका हौं’–उनले भने ।
यसअघि दशैंको अवसरमा खसी कप, टेवल टेनिसलगायतका प्रतियोगिताहरु गराईसकेको जानकारी गराउँदै आगामी दिनमा हामी यस संस्थामा सामाजिक काम गर्दै जाने जानकारी समेत उनले दिए ।