३ हजार ५०९ जनाको पीसीआर परीक्षण गर्दा प्रदेश १ मा ८३९ जनामा संक्रमण पुष्टि, २० जना संक्रमितको मृत्यु

३६८ जना संक्रमणमुक्त
खबर पूर्वाञ्चल, १ श्रावण २०७८, शुक्रबार १७:२४

विराटनगर / पछल्लो २४ घण्टामा प्रदेश १ मा ३ हजार ५०९ जनाको पीसीआर परीक्षण गर्दा ८३९ जना कोरोना संक्रमण पुष्टि भएका छन् । योसँगै प्रदेश १ मा संक्रमितको संख्या ७७ हजार ७७६ पुगेको छ ।

मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२१, सुन्दरहरैचामा ६३, उर्लाबारीमा ४२, बेलबारीमा ३३, लेटाङमा १८, पथरीशनिश्चरेमा १४, बुढीगंगामा ९, रंगेली र कानेपोखरीमा ५–५, रतुवामाई र कटहरीमा ४–४, जहदा, सुनबर्षी, ग्रामथान र मिक्लाजुङमा २–२, केराबारीमा १, स्थानीय तह नखुलेका ३, सुनसरीको इटहरीमा १७७, धरानमा ७२, बराहक्षेत्रमा १४, इनरुवामा ७, रामधुनीमा ८, बर्जुमा ५, दुहवी र भोक्राहानरसिंहमा ४–४, गढीमा २, देवानगञ्ज र हरिनगरमा १–१, स्थानीय तह नखुलेका ११ जनामा संक्रमण देखिएको छ ।

उता झापाको दमकमा ३१, विर्तामोडमा २४, कनकाई र भद्रपुरमा ११–११, अर्जुनधारामा ९, मेचीनगर र शिवसताक्षीमा ६–६, बुद्धशान्ति र गौरादहमा ४–४, कमल गाउँपालिकामा २, हल्दिबारी, कचनकवल,गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ७, चौदण्डीगढी र ताप्लीमा ४–४, बेलका र स्थानीय तह नखुलेका ३–३, कटारी र उदयपुरगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १०, महालक्ष्मीमा ४, साँघुरीगढीमा १, इलामको इलाम नगरपालिकामा ३, रोङ र सुर्योदयमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३, पौवादुङ्मा, टेम्केमैयुङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा २, चिचिला र चैनपुरमा १–१, ते¥हथुमको फेदाप र लालीगुराँसमा १–१ र स्थानीय तह नखुलेका २, पाँचथरको कुम्बायक, याङवरक र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको आठराई त्रिवेणीमा १, ओखलढुङ्गामा १, खोटाङमा १ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

संक्रमित भएका मध्ये ७० हजार ४३० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९११ जना रहेको छ । आज ३६८ जना संक्रमणमुक्त भएका छन् ।

सोहि अवधिमा प्रदेश १ मा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै प्रदेशमा मृतकको संख्या १४३५ पुगेको छ । जस्मा ४३४ महिला र १००१ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सवै भन्दा बढी सुनसरी स्थायी घर भएका ११ जना संक्रमित रहेका छन् भने मोरङका ६ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै उदयपुर, भोजपुर र झापा स्थायी घर भएका १–१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

धरानको विपि कोइराला विज्ञान प्रतिष्ठानमा सवैभन्दा धेरै ९ जना संक्रपमतको मृत्यु भएको छ भने विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा ६ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै विराट शिक्षण अस्पताल बुढीगंगा र आम्दा अस्पताल दमकमा २–२ जना तथा कोशी अञ्चल अस्पताल विराटनगरमा १ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५