ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रत्न यूथ क्लब वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट उपाधी नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० आश्विन २०७४, सोमबार १७:०८
3
Shares
हसन्दह क्रिकेट क्लब विरुद्ध बलिङ गर्दै रत्न यूथ क्लबका खेलाडी ।
पथरी,३० असोज / मोरङको पथरीशनिश्चरे स्थित वीरेन्द्रनगरमा जारी सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको उपाधीका लागि रत्न यूथ क्लब र पथरीशनिश्चरे ११ प्रतिस्पर्धा गर्ने भएका छन् ।

आज भएको दोश्रो सेमिफाईनल खेलमा हसन्दह क्रिकेट क्लबलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै रत्न यूथले पथरीशनिश्चरेसँगको फाइनलमा भेट पक्का गरेको हो ।

रत्नले दिएको २ सय ३ रनको विजयी लक्ष्य पछ्याएरकोे हसन्दह १८ दशमलब ५ ओभरमा सवै विकेट गुमाई १ सय रनमा अल आउट भयो । हसन्दहका लागि साजन बस्नेतले २४ र विनेस सोहनीले १६ रनको योगदान दिए रत्नका विजेन्द्र झाले ३ विकेट र प्रवेश कामतीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको रत्नले १९ दशमलब ५ ओभरमा सवै विकेट गुमाई २ सय २ रनको विशाल योगफल खडा गरेको थियो । रत्नकालागि विजेन्द्र झाले ६९ र निरितेस खडोलियाले ६४ रन बनाए । हसन्दहका सुजन बस्नेतले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच रत्नका अलराउण्डर खेलाडि विजेन्द्र झा घोषित भए । पथरीशनिश्चरे ११ ले भने हिजो भएको पहिलो सेमिफाईनल खेलमा आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर