पूर्वाञ्चल खबर
पथरीले आज भएको पहिलो सेमिफाईनल खेलमा आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्दैे फाइनलको यात्रा तय गरेको हो ।
पथरीले दिएको १ सय २८ रनको विजयी लक्ष्य पछ्याएकोे आयोजकले पुरा ओभर खेल्दै ८ विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो ।
आयोजकका लागि विसाल राईले सर्वाधिक अविजित ३७ रन र कप्तान अनिस लुईटेलले १२ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । वीरेन्द्रनगरलाई सस्तैमा समेट्नका लागि पथरीशका सुरज न्यौपानले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पथरीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रनको योगफल तयार पारेको थियो ।
पथरीशका लागि कप्तान एञ्जल राईले अविजित २९ र फडिन्द्र दाहालले १७ रन बनाए । वीरेन्द्रनगका अनिस लुईटेलले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच पथरीका सुरज न्यौपाने घोषित भए ।
प्रतियोगिता अन्तर्गत सोमबार हुने दोश्रो सेमिफाइनल खेलमा रत्न यूथ क्लब पथरी र हसन्दह क्रिकेट क्लब विच हुने आयोजकले जनाएको छ ।