खबर पूर्वाञ्चल
आफन्तको लिएको ऋण तिर्न लगेको पैसाँ बुधबार दिउँसो चोरी भएको सापकोटाले बताए । घरबाट २ लाख १० हजार र प्राइम बैंकबाट ९० हजार रुपैयाँ झिकेर ट्राफिकको चौकको एउटा फोटोकपी पसलमा नागरीकताको फोटोकपी गर्न लाग्दा चोरी भएको सापकोटाले बताए । ‘पैसाको झोला टेबलमा राखेर नागरीकताको फोटोकपी गरेको हेर्दै थिए,’ उनले भने, ‘पछाडीबाट नचिनेको एउटा सानो बालक आएर अंकल तपाईको पैसाँ झ¥यो भन्दै भुइमा देखायो । पैसाँ टिप्न खोज्दा त्यो बालक पैसाँको झोला बोकेर फरार भइसकेको रहेछ । उठेर हेर्दा ती बालकलाई कतै देखिन ।’ उनले भने, पैसाँ चोरी गर्न त्यो झरेको पैसाँ ती बालकले नै झारेको रहेछ ।’ उनले तत्काल प्रहरीलाई खबर गर्दा पनि अहिलेसम्म चोरलाई नभेटेको बताए ।
यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले पैसाँ चोरी भएको जानकारी पाउनेसात प्रहरी परिचालन गरिएको जानकारी दिए । उनले भने, ‘साधा पोशकमा पनि प्रहरी परिचालन गरि खोजी कार्य तिब्र बनाएका छौं ।’
तपाईको प्रतिक्रिया