खबर पूर्वाञ्चल
यसैगरी विराटनगर ७ मा रहेको पुष्पा किराना स्टोरमा मूल्य सुची नभएको र सरसफाईमा ध्यान नदिइएको पाइएको छ । यस्तै विराटनगर ७ मा रहेको दिपेन स्टोरमा नापतौलको काजजपत्र अद्यावधिक गर्न, विल नभएको सामान विक्री नगर्न र मूल्य सुची राख्न निर्देशन दिइएको छ ।
यस्तै विराटनगर ७ मा रहको राजु किराना पसलमा २७ लिटर नेपालमा प्रतिबन्ध गरिएको दावत तेल बेच्न राखेकाले जफत गरिएको थियो ।
यसैगरी सोही पसलमा स्टीकर बिनाको भोला गुट्का पनि बेच्न राखेको पाइएकाले जफ्त गरियो । निरन्तर रुपमा गरिएको अनुगनले गर्दा धेरै पसलहरुमा सुधारोन्मुख रहेको वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख कुमार दाहालले बताए ।