RUMPUM
animated ellipse animated ellipse

मोरङ क्षेत्र नं ३ बाट शुनिल शर्माको नाम सिफारिस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ आश्विन २०७४, आईतवार १९:३९
3
Shares
मोरङ– आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मोरङको ३ नम्बर क्षेत्रबाट नेपाली काँग्रेसको उम्मेदवारका रुपमा शुनिल शर्माको नाम सिफारिस भएपछि कार्यकर्ताहरु असन्तुष्ट बनेका छन् ।
बाम गठबन्धनको बलियो पकड रहेको सो क्षेत्रमा शर्मासँगै मोरङ कांग्रेसका कोषाध्यक्ष गोपालबहादुर थापाको नामसमेत सिफारिस भएको भएपनि विराटनगर स्थित नोबेल मेडिकल कलेजका सञ्चालक शर्माले नै टिकट पाउने काँग्रेस नेताहरुले बताएका छन् ।
काँग्रेसको वडा वडा सभापतिबाट राजनीति सुरु गरी जिल्ला कोषाध्यक्ष बनेका थापा बुथ सचिव, गाउँ समिति सचिव, क्षेत्रीय उपसभापति, जिल्ला सदस्य, महासमिति सदस्य हुँदै कोषाध्यक्ष भएका हुन् ।
तर, काँग्रेसको राजनीतिमा कुनै भूमिका नभएका शर्माले भने नेताहरुलाई चन्दा दिएकै आधारमा नाम सिफारिस गरिएको कार्यकर्ताहरु बताउँछन् । शर्माले कांग्रेसका साविक गाविस र नगर समितिका पदाधिकारीदेखि जिल्ला र केन्द्रीय नेताहरुलाई पनि आर्थिक प्रलोभनमा पारी आफ्नो नाम पहिलो नम्बरमा सिफारिस गर्न लगाएको कार्यकर्ताको गुनासो छ । शर्माले उम्मेदवार सिफारिस गराउनकै लागि करोडको हाराहारीमा खर्च गरेको बताएईको छ । काँग्रेस नेता डा.शेखर कोइरालासँग निटक सम्बन्ध रहेका शर्माले एमाले र माओवादीका नेताहरुलाई पनि रिझाएर राखेकोले चुनाब जित्ने दावी गर्दै आएका छन् ।
शर्माको पैसाको अगाडि थापाले ३ दशक कांग्रेसमा गरेको लगानी बालुवामा पानी सरह भएको कार्यकर्ताहरु बताउँछन् ।
मोटो रकम खर्च गरेकै कारण शर्माले कांग्रेसमा प्रवेश गर्नसाथ  महासमिति सदस्य भएका थिए । उनी उम्मेदवार बन्नकै लागि काँग्रेसमा प्रवेश गरेका थिए । गुण्डागर्दीको बलमा नोबेल मेडिकल कलेज एकलौटी बनाएको भन्दै विवादमा पर्ने गरेका शर्मा विरुद्ध अख्तियार, सम्पत्ती शुद्धिकरण विभाग, सिआईबीलगायत निकायमा विभिन्न मुद्दा छन् । उनले नोबेलका संस्थापक डा.ज्ञानेन्द्र गिरीलगायतको अपहरण गरी धाकधम्कीको बलमा कलेज हत्याएका थिए । उनले कलेजले सरकारी निकायलाई तिर्नुपर्ने कर र राजश्व पनि नबुझाएको सार्वजनिक हुँदै आएको छ ।
शर्मा विरुद्ध नक्कली भारतीय प्रमाणपत्रको आधारमा एमबीबीएस डाक्टरको उपाधि लिएको उजुरी मेडिकल काउन्सिल र सिआईबीमा छ । सिआईबीले नक्कली डाक्टरमाथि अनुसन्धान अगाडि बढाएपछि थापा केही समय मुलुक छाडेर जापान र दुबईमा बसेका थिए । अनुसन्धानको विषय मत्थर भएपछि उनी नेपाल फर्किएर चुनाबी तयारीमा लागेका हुन् ।
त्यसो त नोबेल मेडिकल कलेजमा काठमाडौं विश्वविद्यालय (केयू) को चिकित्साशास्त्रतर्फको प्रवेश परीक्षामा मोटो रकम लिएर चिट चोराएको खुलासा पनि यसअघि भइसकेको छ । शर्माले नेपाली विद्यार्थीसँग ५ लाख र भारतीयसँग ८ लाख रुपैयाँ लिएर प्रवेश परीक्षामा ह्वाटस्एपबाट चिट चोराएका थिए । सो विषयमा दोषीलाई छानविन गरी कार्वाही गर्न काठमाडौं विश्वविद्यालयले प्रहरीमा उजुरी दिएपनि राजनीति पहुँचकै कारण शर्मा कार्वाहीमा परेका छैनन् । विवादै विवादमा परेका शर्माले उम्मेदवार बन्ने देखिएपछि तीन नम्बर क्षेत्रका तल्लो तहका कांग्रेस कार्यकर्ता आक्रोशित छन् । बामपन्थीको पकट रहेको क्षेत्रमा विवादित व्यक्तिलाई ल्याएपछि कांग्रेसलाई थप क्षति हुने देखिएको उनीहरुको भनाइ छ । शर्माले मतदाता प्रभावित पार्न उम्मेदवार नबन्दै क्षेत्रका सबै मतदाताको निःशुल्क स्वास्थ्य बीमा गर्नेदेखि २ सय विपन्न विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिलाउने आश्वासन बाढिसकेका छन् । क्षेत्र नम्बर ३ मा अहिले पथरीशनिश्चरे नगरपालिकाका केही वार्ड, कानेपोखरी गाँउपालिका, बेलबारी नगरपालिका र सुन्दरहैचा नगरपालिकाका केही वडाहरु रहेका छन । गत स्थानीय तहको निर्बाचनमा यस क्षेत्रमा एमालेको बर्चस्व देखिएको थियो । ratopati.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. पुँजिवाला र स्वयंम् आफु एउटा शिर्ष स्थानमा रहनु भएको मान्छे आफ्नो मेडिकल लाइन छोडेर राजनितिमा लाग्नु र पार्टिले पनि टिकट दिइहाल्नु भनेको नेपालि कांग्रेस पार्टि भित्र सरासर पुँजिवाद हावि भइरहेको छ भन्ने कुरा नकार्न नमिल्ला।यदि पुँजिवाद नै हावि भइरहने हो भने सम्पूर्ण पुँजि नभएका र आजिवन पार्टिको सेवा र हितको निम्ति जिवन व्यतित गर्नेहरूको कुनै मुल्यनै नभए जस्तो लाग्यो ।जय नेपाल,जय कांग्रेस ।।

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर