धनकुटा । धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभुमी गाउ“पालिका वडा न १ मा मन्दिर निर्माण गरिएको छ । गाउपालिकाको हाङगुवामा रहेको पुङ्गथुङ्ग डाडामा स्थानियबासीको अगुवाईमा मन्दिर निर्माण गरिएको हो ।
पर्यटकिय सम्भावना बोकेको छेरेरे झरना नजिकै रहेकै मन्दिर स्थानीय चन्द्रवाईपाङ्ग राई र प्रकाश नाइका राईको अगुवाईमा निर्माण गरिएको हो । किराती पारुहाङ, खुक्खाङ्ग लावा र दुई कन्या मन्दिर निर्माण गरिएको हो । सो ठाउमा किरातीहरुको राजाको घरबारी रहेको किम्बदन्तीको सम्झना स्मृतीमा मन्दिर निर्मान गरिएको हो ।
मन्दिरको फेदमा सुन्दर छेरेरे झराना र पोथी झरना रहेका छन । पर्यटकिय सम्भावना बोकेको झरना भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
खाल्सा छिन्ताङ सहिदभूमी गाउपालिका वडा १ का अध्यक्ष अशोक राईले मन्दिर निर्माण र झरनाको प्रचार प्रसारकालागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय बुदिजिबी होमप्रसाद राईले मन्दिर निर्माणको काम पुरा गर्न २१ हजार एक सय २१ रुपैया सहयोग गर्ने बताएका छन् ।