RUMPUM
animated ellipse animated ellipse

घट्दै जुटको उत्पादन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ आश्विन २०७४, बुधबार १९:१९
3
Shares
फाइल तस्वीर
बिनु तिम्सिना
विराटनगर, १८ असोज/ नेपालमै सबैभन्दा बढी जुट उत्पादन हुने गरेको मोरङमा जुटको खेतीतर्फ भने किसानको आकर्षण बर्सेनि घट्दै गइरहेको छ ।

लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुरको अभावका कारण किसानको आकर्षण घट्दै गएको हो ।

जुटको बाली भित्राउने मुख्य समय साउन मसान्तदेखि असोजसम्म हो । तर झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारण जुटखेती क्रमिक रूपमा घट्दै गएको छ ।

मोरङको कटहरीका मुस्लिम मियाँले २० वर्ष अघि जुटबाट राम्रो आम्दानी गर्ने गर्थे । त्यतिबेला उनी व्यावसायिक रूपमा जुटखेती गर्दथे । तर हिजोआज भने दाउराका लागि मात्रै ५ कठ्ठामा जुट
खेती गर्ने गरेको बताउँछन् ।

जुटबाट निस्कने दाउरालाई सन्ठी भनिन्छ । सन्ठी आगो सल्काउन र बाल्न पनि काम लाग्छ ।

जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो प्रशोधन प्रक्रिया, सिँचाइको असुविधालगायतका कारणले जुटखेतीको क्षेत्रफल घटाएको उनले बताए् ।
मोरङ नयाँबजारका अर्का किसान मोहम्मद मुस्तकीले यस पटक १० कठ्ठा जग्गामा जुट खेती गरेका छन् । पहिले उनको जुटखेती कम्तीमा ५ बिघा खेतमा हुन्थ्यो ।

मुस्तकीले पनि मजदुर अभाव, अत्यधिक मेहेनत र झन्झटिलो प्रशोधनको समस्या रहेको गुनासो गरे ।

विविध समस्या झेलिरहेका जुट किसानले यस पटक बाढीको समेत प्रकोप सहनु परेको छ ।

यस पटकको बाढीले आफ्नो जुटमा धेरै नोक्सानी गरेको र यसै वर्ष जुटको मूल्यमा आएको ह्रासले आफू चिन्तित भएको उनले बताए ।
मुस्तकीले भने, ‘यस पटक लगाएको जुट जसोतसो प्रशोधन गर्छु र अर्काे पटकदेखि अरू नै खेती गर्ने सोचाइमा छु ।’

जिल्ला कृषिका अनुसार चार दशक पहिले मोरङमा ६० हजारभन्दा बढी हेक्टरमा जुटको खेती हुने गरेको थियो । आर्थिक वर्ष २०७१÷७२ मा जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो । जसबाट ९ हजार ६० मेट्रिक टन जुट उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७२/७३ मा जुटखेती घटेर ५ हजार सात सय हेक्टर क्षेत्रफलमा आयो । जसबाट ८ हजार ६ सय मेट्रिक टन उत्पादन गरिएको थियो ।

आव २०७३/७४ मा पाँच हजार चार सय हेक्टर क्षेत्रफलमा गरिएको छ । पछिल्लो केही वर्षयता मोरङमा जुटखेती क्रमिक रूपमा घट्दै गएको जिल्ला कृषि विकास कार्यालयमा प्रमुख मनोज यादवले स्वीकार गरे ।

जुट विकास संस्थान हुँदा जुटको खेती राम्रो फस्टाएको थियो तर संस्थान खारेज भएसँगै पूर्वमा क्रमिक रूपमा जुटखेती घट्दै गएको छ’, प्रमुख यादवले भने, ‘जुट खेती र उत्पादन घटे पनि यसको माग भने बढ्दै गएको छ । यहाँ संचालित जुट उद्योगहरूले कच्चा पदार्थ भारत र बङ्गलादेशबाट आयात गर्ने गरेका छन् ।’

मोरङको रङ्गेली मार्ग वरपरको क्षेत्रका साथै दक्षिणी भेगका बुधनगर, नोचा, भाथिगछ, डाइनियाँलगायतका भेगमा जुटको खेती हुने गर्छ ।
कुनै बेला मोरङमा उत्पादित कच्चा जुट भारत र बङ्गलादेशमा समेत निर्यात गरिन्थ्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर