RUMPUM
animated ellipse animated ellipse

चिकित्सक संघको आन्दोलन फिर्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ आश्विन २०७४, शुक्रबार २१:०१
3
Shares
फाइल तस्वीर
काठमान्डौ, १३ असोज / चिकित्सकको सुरक्षाको प्रत्याभूति गर्ने वचन नेपाल चिकित्सक संघको नेतृत्वमा चिकित्सकहरुले एक सातादेखि जारी राखेको आन्दोलन फिर्ता लिइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज चिकित्सकहरु र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुबीच भएको छलफलमा चिकित्सक संघले आन्दोलन फिर्ता लिन राजी भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा भएको वार्तामा सरकारले चिकित्सकहरुको सुरक्षाको प्रत्याभूति गर्ने वचन दिएको छ ।

स्वास्थ्य संस्था र चिकित्सकको सुरक्षाका लागि हदैसम्मको व्यवस्था गर्ने वचन पनि प्रधानमन्त्री देउवाले दिएका छन् । प्रधानमन्त्री देउवासँग भएको छलफल सहमतिमा पुगेसँगै सम्पूर्ण आन्दोलन फिर्ता लिइएको नेपाल चिकित्सक संघले जनाएको छ ।

सरकारले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएमा स्वयं चिकित्सकले क्षतिपूर्ति दिनु पर्ने ऐन ल्याउन लागेको भन्दै त्यसको विरोधमा चिकित्सक संघ आन्दोलित भएको थियो । एक साता लामो आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित हुँदा सर्वसाधारण र बिरामी मार्कामा परेका थिए ।

चिकित्सक संघको नेतृत्वमा देशभरका सरकारी तथा निजी अस्पताल, क्लिनिक र स्वास्थ्य संस्थाको ओपीडी सेवा बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर