खबर पूर्वाञ्चल
गायक खड्का एकल स्वर रहेको ‘स्वेदश र सपना’ नामको एल्वम विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी बिमोचन गरिएको हो ।
एल्वमको बिमोचन जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, समाजसेवी दिगबन्धु गोयल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, साहित्यकार खेम नेपालीलगायले संयुक्त रुपमा खड्काको गीति एल्वमको बिमोचन गरेका थिए ।
हालै बजारमा आएको एल्वम गायक खड्काको एकल स्वरमा पाँच वटा गीत समावेश गरिएको छ । चुडामणी आचार्यले लेखेको गीतमा शक्ति बल्भवको संगीत रहेको छ ।
‘नेपाली स्रोताहरुले रुचाउन गीत बजारमा ल्याएको छु,’ बिमोचन कार्यक्रममा बोल्दै गायक खड्काले भने,‘दशैको अवसर पारेर ल्याएको राष्ट्रिय गीतले सबैको मनमनमा बस्नेछ ।’ राष्ट्रिय गीत गाउन रुचाउने गायक खड्काले यस अघि थुप्रै एल्वम बजारमा ल्याएका छन् ।