AArya
RUMPUM
animated ellipse animated ellipse

कर्मचारी सरुवा दशै पछि–कावा प्रधानमन्त्री गच्छदार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ आश्विन २०७४, सोमबार २०:१९
3
Shares
फाइल तस्वीर
विराटनगर, ९ असोज/ कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले दशै पश्चात तराई, पहाड तथा दुर्गम क्षेत्रका तीन सय स्थानीय निकायमा कर्मचारी सरुवा गरिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै उनले निर्वाचन आयोगको सहमतीमा अधिकृतस्तरका कर्मचारीहरुको सरुवा गर्ने बताए ।

स्थानीय निकाय तथा संघीय मामिला मंत्री समेत रहनु भएका गच्छदारले निर्वाचन मिति घोषणा भैसकेको अवस्थामा निर्वाचन आचार संहिता लागु हुने भएकाले स्थानीय निकायमा कर्मचारी अपुग भै विकास निर्माण कार्यमा वाधा पुगेको समेत बताए । उनले स्थानीय सरकार संचालन ऐन विधेयक राष्ट्रिपतिको कार्यालयमा पुगेकाले चाँडै नै पास भै अवरुद्ध विकास निर्माणका कार्य सुचारु हुने विश्वास समेत व्यक्त गरे ।

नेपाल लोकतान्त्रीक फोरमका अध्यक्ष समेत रहेका उनले वर्तमान पार्टीका मन्त्रीलाई फिर्ता बोलाई नयाँ अनुहारलाई मन्त्री परिषदमा पठाउने सम्वन्धमा पार्टीमा छलफल भएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर