RUMPUM
animated ellipse animated ellipse

मिनिल्याण्डमा दशैं कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०७४, सोमबार १८:४५
3
Shares
रंगली ९ असोज / रंगेलीमा रहेको मिनिल्याण्ड सेकेन्डरी बोर्डिङ स्कूलले भित्रिदै गरेको वडा दशैंको अवसर पारेर स्कूलमा दशै विशेष कार्यक्रम आयोजना गरेको छ ।

स्कूलमा अध्ययरत साना विद्यार्र्थीहरुलाई शिक्षकहरुले टिका र आर्शिबाद दिएर स्कूलले दशै मनाएको हो ।

स्कूलमा नसरीदेखि कक्षा १० सम्म अध्ययरत ७ सय ५० जना विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल विकर्ण कार्कीसहित अन्य शिक्षक तथा शिक्षीकाहरुले दशैको टिका लगाइ दिएका थिए ।

‘चार्डपर्व भित्रिएको छ,’ स्कूलका प्रिन्सिपल कार्कीले भने, ‘विद्यार्थीलाई दशैको अनुभूति दिलाउन स्कूलमै दशै कार्यक्रम राखेका हौं ।’ उनका अनुसार प्रत्येक वर्ष दशैको अगाडी यस्तो कार्यक्रम राख्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर