RUMPUM
animated ellipse animated ellipse

‘विराटनगरलाई राजधानी बन्न रोक्न खोजिंदैछ’-आपूर्तिमन्त्री मण्डल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०७४, सोमबार १८:२०
3
Shares
विराटनगर, ९ असोज/ आपूर्तिमन्त्री शिवकुमार मण्डलले विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बन्न रोक्ने षड्यन्त्र सुरु भएको बताए ।

मोरङ व्यापार संघले आज दिउँसो आयोजना गरेको दशैं तथा दीपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री मण्डलले एक पटक माहानगर बन्न नदिने षड्यन्त्र गर्नेहरुले नै पुनः विभिन्न नाममा विराटनगरलाई राजधानी बन्नबाट रोक्ने प्रयास गरिरहेको बताए ।

‘ऐतिहासिक, राजनीतिक, औद्योगिक महत्व बोकेको विराटनगरलाई राजधानी बन्न नदिने षड्यन्त्र सुरु भएको छ,’ मन्त्री मण्डलले भने, ‘त्यसका विरुद्धमा आ–आफ्नो ठाउँबाट सशक्त आवाज उठाउनुहोस् ।’
विराटनगरलाई सिमाना नजिक भएको, सुरक्षाको दृष्टिकोणले कमजोर मानिएको र सहरको विकासका लागि पर्याप्त जमिनको अभाव भएको भन्दै राजधानी बन्न रोक्ने प्रयास भइरहेको मण्डलको भनाइ थियो । ‘पूर्वको १ नम्बरमा रहेको माहानगरपालिका हो विराटनगर, भौतिक पूर्वाधार र जग्गा जमिन अन्य सहरको तुलनामा विराटनगरनै अगाडि छ,’ मण्डलले भने, ‘तर पनि पुनः यो सहरलाई विभिन्न नाममा मृत सहर बनाउने प्रयास गरिँदैछ ।’

उद्योगी व्यापारीलाई आग्रह
मन्त्री मण्डल समक्ष उद्योगी÷व्यापारीले विराटनगरमा चाडबार्डको बेलामा भीडभाड नभएको र नजिकैको भारतीय बजार जोगवनीमा चहलपहल अत्याधिक रहेको बारेमा गुनासो गरेका थिए । ‘चाडवार्डमा पनि विराटनगरको बजार पसलमा चाप छैन,’ मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भने, ‘तर, भारतीय बजार जोगवनीमा नेपाली ग्राहकको ओइरो लागेको छ ।’ जवाफमा मन्त्री मण्डलले सरकारको नीतिगत कमजोरी र केही व्यापारीको मिलेमतोकै कारण समस्या भएको बताए ।

‘विराटनगरमा कम ग्राहक र जोगवनीमा बढी ग्राहक हुनुमा मुख्यतः सरकारको कमजोरी छ,’ मण्डलले भने, ‘यद्यपि केही व्यापारीको पनि त्यसमा भूमिका छ ।’

ठगी, कालोबजारी र भ्रष्टचारको विरुद्धमा खरो उत्रिँदै आएका आपूर्तिमन्त्री मण्डलले व्यापारीले पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नु पर्ने बताए । ‘आफूलाई चोट पर्ने भए चुप लागेर नराम्रो पनि सहने, प्रवृत्ती राम्रो होइन,’ मन्त्री मण्डलले भने ‘व्यापारी व्यवसायीले पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुप¥यो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर