animated ellipse animated ellipse

लर्डबुद्ध स्कूलमा दशै कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ आश्विन २०७४, आईतवार १८:४६
9
Shares
विराटनगर, ८ असोज / भित्रिदै गरेको वडा दशैंको अवसर पारेर विराटनगर – १० तिनटोलियामा रहेको लर्डबुद्ध स्कूलमा दशै विशेष कार्यक्रम आयोजना गरेको छ ।

स्कूलमा अध्ययरत साना विद्यार्थीहरुलाई शिक्षकहरुले टिका र आर्शिबाद दिएर स्कूलले दशै आइतबार मनाएको हो ।

लर्डबुद्ध स्कूलका मन्टेश्वरी कक्षामा अध्ययरत २ सय ५० जना विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल सीएम श्रेष्ठसहित अन्य शिक्षक तथा शिक्षीकाहरुले दशैको टिका लगाइ दिएका थिए ।

‘चार्डपर्व भित्रिएको छ,’ स्कूलका प्रिन्सिपल श्रेष्ठले भने, ‘विद्यार्थीलाई दशैको अनुभूति दिलाउन स्कूलमा दशै कार्यक्रम राखेका हौं ।’ उनका अनुसार प्रत्येक वर्ष दशैको अगाडी यस्तो कार्यक्रम राख्ने बताए ।

सोही अवसरमा स्कूलले अभिभावक बिच बिजयी दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदन–प्रदान कार्यक्रम समेत राख्यो । कार्यक्रममा स्कूलले अभिभावहरुलाई शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर