AArya
RUMPUM
animated ellipse animated ellipse

आन्दोलनबारे भ्रम फिँजाइयो- डाक्टरहरू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ आश्विन २०७४, आईतवार १८:२२
3
Shares
विराटनगर, ८ असोज/ ‘आन्दोलनको गलत अर्थ नलगाईयोस्, लापरबाही गर्न पाउ भनेको होईन,’ सामाजिक संजाल फेसबुकमा डाक्टर बालकृष्ण साहले आफूहरुको पीडा व्यक्त गर्दै उल्लेख गरेका छन् ।

सरकारले असोज २ गते गरेको मन्त्रिपरिषद्को निर्णयको विरोधमा देशैभर आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका डाक्टरलाई विभिन्न मिडिया तथा सामाजिक संजालमा लापरबाही गर्न पाउने छुट माग गरेको आरोप लागिरहेको छ । तर, डाक्टर साहको भनाइमा यो सब झुठ हो । ‘लापरबाहीलाई परिभाषित गरियोस्, अकाल मृत्युलाई प्रमाणित गरियोस्, अस्पताल तोडफोथ नहोस्, कस्तोलाई लापरबाही भन्ने सरकारले ठोस गरोस्,’ डााक्टर साहले भने, ‘कानुनी राज्यको स्थापना होस् भन्ने उद्देश्यले गरिएको आन्दोलनलाई भ्रामक प्रचारबाजी गरेर हामीलाई अपमान गर्ने काम नहोस् ।’

डाक्टरहरुले लापरबाही गर्न पाउनुपर्छ भनेर कहिल्यै नभनेको र भन्नु पनि व्यवासायीक मर्यादा विपरीत भएको डाक्टर साहको भनाइ छ । ‘डाक्टरको काम भनेकै विरामीलाई बचाउने हो, हामीले कुनै पनि उपचारमा लापरबाही गर्ने भन्ने प्रश्नै आउँदैन,’ साहले भने, ‘लापरबाही गरेको भनेर आरोप लगाएर डाक्टरको पेशा तथा धर्ममाथि आक्रमण भएको छ यो सैह्य छैन ।’

डाक्टर गोविन्द केसीले उठाएका अधिकांश मागसँग यहाँका डाक्टरहरु पनि सहमत छन् । त्यही सेरोफेरोमा अहिले भएको आन्दोलनले स्वास्थ्य क्षेत्रलाई बद्नाम हुनबाट जोगाउन उपर्युक्त कानुन तथा ऐनहरुको व्यवस्था गर्न दबाब दिने डाक्टरहरु बताउँछन् ।

‘लापरबाही भनिदिने र डाक्टरमाथि हातपात र अस्पतालमा तोडफोड गर्ने कार्यलाई निरुत्साहित गर्न चाहि सरकारले तदारुकता नदेखाउने, लाखौं रकम खर्चेर पढेका बौद्धिक तत्कालाई हल्काफुल्का ढंगले हेर्न खोजियो,’ नेपाल चिकित्सक संघ कोशी शाखाका अध्यक्ष डाक्टर फरवाड सिलवालले भने, ‘चिकित्सकले तिर्नुपर्ने कर घटाउ भनेको पनि होइन, बिमारीलाई लगाएको स्वास्थ्य सेवा शुल्क हटाउ भनेको हो । यस्तो पवित्र मागलाई सरकार, जनता र केही मिडियाले साथ नदिएको देख्दा दुःखित छौं ।’

तीन दिनदेखि मोरङका चिकित्सक पनि आन्दोलनमा छन् । सरकारले अझै सुनुवाई गर्ने चासो देखाएको छैन । बिरामीले स्वास्थ्य सेवा पाउन पनि सकेका छैनन् । पूर्वको स्वास्थ्य क्षेत्रको केन्द्र मानिने विराटनगरमा दैनिक सैयौं सर्वसाधरण उपचारका लागि आउने गरेका छन् । तर, ओपिडी सेवा प्रभावित हुँदा स्वास्योपचार प्रभावित भएको छ । यहाँका गोल्छा आँखा अस्पताल, विराटनगर आँखा अस्पताल तथा विराट आँखा अस्पतालहरु पुरै ठप्प छ । यहाँ आकस्मीक उपचार हुँदैन । यस्तै विराटनगरको कोशी अञ्चल अस्पताल, नोबेल अस्पताल, विराटनगर अस्पताल प्रा.लि., न्यूरो अस्पताललगायतका ठूला तथा अन्य साना अस्पतालमा पनि ओपिडी सेवा ठप्प छ । नीजि क्लिनिक पनि बन्द अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर