खबर पूर्वाञ्चल
संस्थाको पाँचौ वार्षिक साधारण सभाको अवसर पारेर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, पत्रकार, ज्येष्ठ नगारिक तथा शैक्षिक क्षेत्रमा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरियो ।
त्यस अवसरमा वडाअध्यक्ष कृष्णकुमार माझी,सदस्यहरु लालबहादुर तामाङ, रेणुका बास्तोला, नानीमाया विश्वकर्मा र अर्जुन सरदारलाई संस्थाकी अध्यक्ष उमा घिमिरेलगायत पदाधिकारीले खादा ओढाएर सम्मान गरिन । कार्यक्रममा ज्येष्ठ नागरिक धनपति लुइँटेल, बालकुमारी लुइँटेल र रामप्रसाद कोइराला, विद्यार्थी अनिश बराल, कुशल पौडेल र जागृती कुमारी सरदारलाई सम्मान गरियो ।
साधारण सभाको अवसर पारेर झोराहाट जन्मथलो भएका अन्नपूर्ण पोष्टका पूर्वाञ्चल ब्यूरो प्रमुख कुमार लुइँटेललाई विशेष सम्मान गरिएको थियो । उनलाई दोसल्ला ओढाएर प्रशसा पत्रसहित सम्मानित गरिएको थियो ।
सञ्चालक सदस्य महिला मात्र रहेको पाँच वर्षअघि स्थापना भएको संस्थाले छोटो अवधिमै निकै राम्रो आर्थिक प्रगति गर्न सफल भएको कार्यक्रममा जानकारी दिइयो । संस्थाले आर्थिक वर्ष २०७३/०७४ मा कूल नाफा रु. २५ लाख ९२ नाफा गर्न सफल भएको छ । संस्थाको हाल चुक्ता पूँजी १ करोड ११ लाख पुगेको छ । आब २०७४/०७५ मा १ करोड ५० लाख पुर्याउने लक्ष्य रहेको त्यस अवसरमा जानकारी दिइयो ।