AArya
RUMPUM
animated ellipse animated ellipse

समाजसेवी प्याकुरेल सहयोगको लागि टेक्ससमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ आश्विन २०७४, शनिबार १०:४७
3
Shares
विराटनगर/ समाजसेवी तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक समेत रहेका गुणराज प्याकुरेल अगस्ट महिनामा टेक्ससमा आएको समुद्री आँधिबेरी र बाढीले क्षति पुर्याएको टेक्सस राज्यको हुस्टन र रकपोर्टमा सहयोग गर्न त्यस क्षेत्रमा पुगेका छन् ।

विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएका प्याकुरेल बाढीबाट क्षति भएको स्थानमा नेपालबाट सहयोग गर्न त्यस क्षेत्रमा पुगेका हुन् ।

प्याकुरेल युथ फर ह्युम्यान राईट्स नेपालका लागि राष्ट्रिय प्रतिनिधि तथा भोलेन्टियर मिनिस्टर नेपालका महासचिव समेत हुन् । यसका अलवा उनि रोटरी क्लव अफ राजधानीको सदस्य र कर्ण शाक्य सकारात्मक कोषको संस्थापक सचिव र शुभारम्भ युथ क्लवको संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार रहेका छन् ।

युथ फर ह्युम्यान राईट्सको १४ औँ अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिनका लागि अमेरिका पुगेका प्याकुरेलले क्षतिग्रस्त स्थानमा गई १४ दिन सम्म सहयोगमा जुटेका थिए । उनले बाडीग्रस्त क्षेत्रमा खाना, लत्ता कपडा बाढ्नुका साथै सरसफाईको काम गरेका हुन् ।

उक्त राहत तथा उद्दार कार्यमा मेक्सीको टोपेज, साईन्ट्रोलोजी भोलेन्टियर मिनिस्टरका स्वयमसेवी, कोलम्बियाको सिनेट तथा सयौँ स्वयमसेवीहरुका माझ प्याकुरेल एक्लो नेपाली रहेका थिए ।
प्याकुरेलले यस अघि सन २०१२ मा भारतको ब्रह्मपुत्रको किनारमा आश्रम,सन २०१३ मा फिलिपिन्स,सन २०१५ मा चेन्नाई,२०१५ मै नेपालको महविनाशकारी भुकम्प,सन२०१७ मा बंगलादेशको बाडिपहिरो,सन २०१७ मा सँयुक्त राज्य अमेरिकाको टेक्ससमा स्वयमसेवीका रुपमा सहयोग गरिसकेका छन् ।

प्याकुरेललाई विभिन्न समयमा प्राकृतिक प्रकोप उद्दारमा सहयोग पुर्याएको तथा मानव अधिकार शिक्षालाई प्रचार प्रसार र नेपाल स्काउटको परिवर्तनका लागि २१ दिन अनसन बसे वापत संयुक्त राष्ट्र संघको मुख्यालयमा युथ फर ह्युम्यान राईट्स इन्टरनेश्नलले ,अगस्ट २४ को दिन सन २०१७ को ईन्टरनेश्नल ह्युम्यान राईट्स हिरो अवार्डबाट सम्मानित पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर