AArya
RUMPUM
animated ellipse animated ellipse

अवैध रुपमा नेपाल भित्र्याउन लागेको ठूलो परिमाणको पटाका बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ आश्विन २०७४, शुक्रबार १९:२५
3
Shares
रविन्द्र बराल
रंगेली, ६ असोज । ईलाका प्रहरी कार्यालय रंगेलीले आज एक लाख मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरेको छ ।

मोरङको रंगेली नगरपालिका– ४ स्थित चोप्राह नाकाबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेको अवस्थामा ठूलो परिमाणमा नागिन पटाका बरामद गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख सञ्जीवबाबु खड्काले जानकारी दिए । व्यापारी तथा तस्करहरु दशैंतिहारको मौका छोपेर पटाका ओसार पसारमा संलग्न भएको रंगेली प्रहरीले जनाएको छ ।

बरामद गरिएको पट्का आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो । स्थानीय ,बुद्धिजीवीलगायतको रोहवरमा खाल्डोमा नष्ट गरिएको छ ।

त्यैसैगरी अवैधरुपमा भारतबाट नेपाल भित्र्याउदै गरेको सुर्ति,कुर्ता सुरुवाल,चिनि, र मोरङको दर्वेशा,रमाइलो ,बयरबनबाट रंगेलीतर्फ ल्याउदै गरेको ३ सय लिटर घरेलुु मदिरा समेत बरामद गरी बिराटनगरस्थित भन्सार कार्यालयमा बुझाइने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर