AArya
RUMPUM
animated ellipse animated ellipse

सहयोग नगरे सोचिन्छ- मन्त्री बस्नेत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ आश्विन २०७४, बिहीबार १७:०८
3
Shares
विराटनगर, ५ असोज/ सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले सरकारलाई असहयोग गर्ने गरि गतिविधि भए ट्रेड युनियनबारे पुर्नविचार गरिने संकेत गरे ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले सरकारले अह्राए खटाएको ठाउँमा नगएर कर्मचारीहरूले अटेरी गरेको विषयमा घुमाउरो पाराले असन्तुष्ट जनाए । ‘कर्मचारीको काम राज्यले अह्राए खटाएको ठाउँमा काम गर्ने हो,’ मन्त्री बस्नेतले भने, ‘भनेको काम नगर्ने हो र राजनीति गर्ने हो भने कर्मचारी पद छोडेर फिल्डमा आउँदा हुन्छ ।’ सरकारले खटाएको स्थानीय तहमा नगएर विभिन्न बाहना गरे ट्रेड युनियनको भूमिकाको आधारमा केही सोच्नु पर्ने अवस्था आउनसक्ने तर्फ ध्यानाकर्षण गराए । ‘आफ्नो जिम्मेवारी के हो भन्नेबारे नबुझ्ने हो भने ट्रेड युुनियनको भूमिकाका आधारमा सरकारले केही सोच्नु पर्ने अवस्था आउन सक्छ,’ बस्नेतले भने, ‘ट्रेड युनियनले सरकारलाई सहयोग गर्नु पर्छ ।’

कर्मचारी व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिँदै मन्त्री बस्नेतले कर्मचारीको व्यक्तिगत अवस्था हेरेर खटाएको काममा नगए तलब रोक्का गर्नसमेत सकिने संकेत गरे ।

कर्मचारी अपुग हुँदा समस्या
मन्त्री बस्नेतले स्थानीय तह कार्यान्वयनको चरणमा कर्मचारी अभाव हुँदा समस्या भएको बताए । देशभरका १ सय देखि डेढ सय गाउँपालिका तथा नगरपालिकामा र १ हजार भन्दा बढी वडामा कर्मचारी नहुँदा जनप्रतिनिधि आफैंले दोहोरो काम गर्नु पर्ने अवस्था आएको मन्त्री बस्नेतले बताए । ‘कतिपय ठाउँमा कर्मचारी नहुँदा कार्यालय प्रमुख र कार्यालय सहायकको समेत काम जनप्रतिनिधिले गर्नु परेको अवस्था छ,’ मन्त्री बस्नेतले भने, ‘देशभर न्यूनतम १६ हजार कर्मचारीको आवश्यकता भएको भएपनि अहिले ११ हजारमात्रै छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर