animated ellipse animated ellipse

आगोले लियो एकै परिवारका चारजनाको ज्यान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ आश्विन २०७४, बिहीबार ०८:२२
3
Shares
पथरी, ५ असोज / मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरमा आगलागि हुदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । घरमा सुतीरहेको अवस्थामा बिहिवार विहान आगलागि हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

स्थानीय ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा बिहीबार बिहान ३ बजे अचानक आगलागी हुँदा उनीसहित ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुर, उनकी ८६ वर्षीया आमा गंगामाया राई, ४६ वर्षीया श्रीमती पार्वता राई र ४४ वर्षीया बहिनी विष्णुमाया राईको मृत्यु भएको हो ।

विराटनगर, इटहरी र दमकको तीनवटा वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा प्रहरीले करिव दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको मोरङ प्रहरी प्रवक्त विष्णुहरि कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर