पूर्वाञ्चल खबर
सिएमजी स्वास्थ्य क्लब विराटनगरको आयोजनमा डिग्री क्याम्पसको खेलमैदानमा आज सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा हाम्रो भेट्रान क्बल विराटनगरलाई २–० गोलअन्तरले पराजित गरी बिर्तामोडले फाइनलको यात्रा तय गरेको हो ।
जितसँगै बिर्तामाडेले बिहीबार हाटखोला भेट्रान क्लब विराटनगर र धरान भेट्रान क्बल बिच हुने दोस्रो सेमिफाइलनको बिजयी टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको बिर्तामोड भेट्रान क्बलका मोहन गुरुङ्गले २९ औं मिनेटमा डिबक्स भित्रबाट प्रहार गरेको गोलले जाली चुमि टिमलाई अग्रता दिलाए । उनलाई तोयाराम भूजेलले डिबक्स भित्र पास मिलाई दिएका थिए । दोस्रो हाफदेखि हाम्रो भेट्रान क्लबका खेलाडीले सुधारिएको प्रर्दशनी गरेपनि आधा दर्जन गोल गर्ने अवसर चुकाए ।
खेलको अन्तिम समयमा हाम्रो भेट्रानका गोल किपर पोस छोडेर अगाडी बढेपछि बिर्तामोडले पुन गोल गर्ने अवसर पायो । इन्जुरी समयमा रमेश कुमार बस्नेतलले गोल गरी टिमको जित सुनिश्चत गरे ।
खेलको ४२ औं मिनेटमा हाम्रो भेट्रान क्बलका निराजन बस्नेतले डीबक्स भित्रबाट प्रहार गरेको गोल बिर्तामाडेका गोल रक्षक सानदार बचाए । दोस्रो हाफदेखि हाम्रो भेट्रान क्बलका खेलाडीहरुले गोल गर्ने अवसरहरु खेर फाल्दा पाहुना टोलीलाई जित सुम्पिनु परेको थियो ।
प्रतियोगिताको म्यानअफ द म्याच बिर्तामोड भेट्रान क्लबका रमेश कुमार बस्नेत घोषित भए । उनले नगद २ हजार प्राप्त गरे ।