खबर पूर्वाञ्चल
असोज १ गते आइतवारबाट पूर्व क्षेत्रमा हर्न बजाउन निषेध गरिएको हो । सवारी साधनको हर्नले गर्दा बजार क्षेत्र अस्त व्यस्त भएपछि निषेध गरिएको पूर्व क्षेत्रिय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए ।
उनले आइतवारदेखि प्रदेश नं १ का १४ वटा जिल्लामा हर्न बजाउन निषेध गरिएको बताए । ‘हामीले भदौ महिनाभरी अभियान चलायौ ।’ लम्सालले भने ‘ आइतवार देखि नियम उल्लङघन गरेको भेटिए कारवाही गर्छाै ।’ पहिलो चरणमा चालकहरुलाई हर्न नबजाउन सुझाव दिने र अटेर गरे पाचसय देखि एक हजार पाच सय सम्म जरिवाना सहजाय गरिने छ ।
ताप्लेजुङ, पाँँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरका बजार क्षेत्रमा हर्न बजाउन निषेध गरिएको लम्सालले जानकारी दिएका छन् ।
स्थानीय तह प्रहरी प्रशासनसँगको समन्वयमा प्रहरीले अभियान सुरु गरेको लम्सालले बताएका छन् । उनले भदौ भरी अभियान सञ्चालन गरेको बताउदै सो अवधीमा इटहरी चोकममा मात्र अटेर गरी हर्न बजाउने एकसय ३० वटा सवारी साधनलाई कारवाही गरी ७० हजार पाच सय रुपैया राजस्व असुल गरिएको छ ।