animated ellipse animated ellipse

आयोजकलाई सफलता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ आश्विन २०७४, आईतवार १८:४८
3
Shares
विराटनगर, १ असोज / आयोजक सिएमजी भेट्रान क्लब विराटनगरमा जारी पूर्वाञ्चलस्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा आज भएको खेलमा इटहरी भेट्रान क्लबलाई टाइब्रेकरमा ५–४ गोलको अन्तरले पराजित गरी आयोजक सिएमजी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सिएमजी स्वास्थय क्लब विराटनगरको आयोजामा भएको खेलमा निर्धारीत समयसम्म १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । निकै रोमाञ्चक भएको खेलको पहिलो हाफमा आयोजकका शम्भू धिमालले गोल गरे । निकै प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफको २८ औं मिनेटमा इटहरीका नेपालका पूर्व अज्तराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले गोल गरि खेल बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा आयोजकका जय देवकोटा, रुद्रप्रसाद लामिछाने, शम्भू धिमाल, राजकुमार खड्का र प्रकाश लिम्बुले गोल गरि टिमलाई क्वाटरफाइनलमा पु¥याउन सफल बनाए ।

इटहरीको तर्फबाट सुरेन्द्र तामाङ्ग, रामचन्द्र चौधरी, विष्णु खत्री र शसी थापा मगरले गोल गरे भने तिर्थ बहादुर याक्सोले प्रहार गरेको गोल बाहिरयो । तिर्थले गोल गर्न नसक्दा पाहुना टोली घर फर्किनु प¥यो ।

निर्धारित समयसम्म दुवै टिमका खेलाडीहरुले गोल गर्ने अवसरहरु चुकाएका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याज आयोजकका सम्भू धिमाल घोषित भए । उनले नगद २ हजार प्राप्त गरे । सोमबारको खेल दमक भेट्रान क्लब लखनपुर र बिर्तामोड भेट्रान क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर