खबर पूर्वाञ्चल
मलेसियाको किन्नारा ओभलमा मैदानमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४ दशमलव ४ बलमा ५ विकेट गुमाई भेट्टायो । नेपाल जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन बनाए । यस्तै प्रनित थापा मगरले अन्तिममा लगातार २ छक्कासहित १९ रनमा अभिजित रहे भने सन्दिप सुनारले पनि १९ रनको योगदान दिए । त्यस्तै अनिलकुमार साहले १६ बनाए । हङकङका करानदिप सिंहले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस हारेरे ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरको खेलमा ३२ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ७६ रनमा अलआउट भयो ।
हङकङका हरप्रित सिंहले २० रन, झठाभेदले १६ रन र वकास खानले १५ रन बनाएका थिए । हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने र सोहेब आलमले समान ३–३ विकेट तथा अनिल साह र दीपेद्र सिंह ऐरीले समान १–१ विकेट लिए ।
सन्दिप लामिछाने प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका छन् । उनले ५ खेलमा १६ विकेट र ४७ रन बनाएका थिए । नेपालका कप्तान दिपेन्द्र ऐरी प्रतियोगिताकै उत्कृस्ट बलर घोषित भए । उनले ५ खेलमा १३ विकेट लिएका थिए ।
तपाईको प्रतिक्रिया