पूर्वाञ्चल खबर
चन्द्रगढी भेट्रान क्बल र हाटखोला भेट्रान क्बल बिच विराटनगरमा आज हुने खेलमा चन्द्रगढी नआएपछि हाटखोला भेट्रान क्बल वाक ओभरको आधारमा विजयी भई सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयसम्म चन्द्रगढी मैदानमा नपाएपछि विराटनगरलाई वाक ओभरको आधारमा विजयी घोषित गरेको आयोजक समितिका अध्यक्ष किशोर धमलाले जानकारी दिए । ‘निर्धारित समयसम्म हामीले उनीहरुलाई पर्खिन्दा सम्म चन्द्रगढी क्लब आउने कुनै टुंगो नभएपछि वाक ओभरमा विराटनगरलाई विजयी घोषण गरेका हौं ।’ उनले भने
सिएमजी स्वास्थ्य क्लब विराटनगरको आयोजनामा भएको प्रतियोगिताको आइतबारको खेल इटहरी भेट्रान क्बल र सिएमजी भेट्रान क्बल विराटनगरबिच प्रतिस्पर्धा हुनेछ ।