पूर्वाञ्चल खबर
दशै विशेष कार्यक्रममा नेपालका चर्चित गायक एड्रिन प्रधान सहितको ब्याण्डको बिशेष प्रस्तुति रहने छ भने कलेजका बिद्यार्थीहरुको गायन तथा नृत्य , बिभिन्न खेल र खानाका स्टलहरु राखिने कार्यक्रम रहेको कलेजले जनाएको छ ।
सबै उपस्थित बिद्यार्थी तथा कलेजका सम्पूर्ण टिमले आफ्नो संस्कृति झल्किने पोशाक लगाएर इथिनिक डे मनाउने पनि कलेजको कार्यक्रम रहेको छ ।
नेपालीहरुको महान चाड बडा दसैको अवसरमा विद्यार्थीहरुका लागि मनोरञ्जन साथै आफ्नो प्रतिभा देखाउने माध्यमको रुपमा कार्यक्रम हुन लागेको कलेजले जानकारी दिएको छ ।