खबर पूर्वाञ्चल
विराटनगरमा आज संचारकर्मीहरुसंग कुरा गदै अध्यक्ष राणाले तिन चरणमा स्थानीय तहको चुनाका कारण ६ महिनायता निरन्तर स्थानीय तहको चुनाव भई रहेकाले तेश्रो चरणमा हुने निर्वाचन आचर सहिताले सरकारको काम कार्वाहीमा कुनै फरक नपर्र्नेे बताए ।
सरकार वनाउने ,विघटन गर्ने कुराले स्थानीय तहको चुनावसंग कुनै सम्वन्ध राख्दैन भन्नुहुदे अध्यक्ष राणाले मन्त्री मण्डल विस्तारमा निर्वाचन आचार संहिता उल्लघन भयो भन्ने कुरा निर्वाचन आयोगको भनाई गलत भएको बताए ।
उनले मुलुकमा स्थायित्व र शान्ति स्थापना गर्न बृहत प्रजातान्त्रीक एकताको खांचो रहेको बताउदै वर्तमान सरकारले त्यस्तो संस्कृति स्थापित गर्न प्रयास गरिरहेको बताए ।
एक अर्को प्रसंगमा अध्यक्ष राणाले राप्रपा पार्टी एकिकरणलाई जनताले स्विकार्य नगरेकाले पार्टी विभाजन गर्नु परेको जानकारी दिए ।
हामी सरकारमा जाने मोह भन्दा पनि मुख्यतय पार्टी एकिकरण पछी स्थानीय तहको निर्वाचनमा जनतावाट जुन अवस्थाको मत परिणम प्राप्त भयो त्यसले दुई पार्टी एकिकरणलाई जनताले स्विकार्य नगरेको हाम्रो निकष्र्ष छ उनले भने ।