AArya
RUMPUM
animated ellipse animated ellipse

लक्ष्मीमार्गा गोल्डकप फाईनलमा झापा युनाईटेड र मंगलबारे भिड्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ भाद्र २०७४, बिहीबार १९:५४
3
Shares
गोपाल काफ्ले
पथरी, २९ भदौ मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप २०७४ को आजको खेलमा झापा युनाईटेड बिजयी भई उपाधि नजिक प्रवेश गरेको छ ।

झापा युनाईटेडले आयोजक डाँगिहाट फुटवल क्लवलाई २ का बिरूद ३ गोल पराजित फाइनलमा प्रवेश गरेको हो । झापाले मंगलबारेसँग शनीबार उपाधीका लागी प्रतिस्पर्धा गर्ने छ । आयोजकका सुनिल खड्काले खेलको १५ औं मिनेटमा गोल गरे । खेलमा लय समात्न नपाउदै १६ औ मिनेटमा आयोजकका सुनिल खड्काले निकालेको पासमा एन्जल गुरूङले अर्काे गोल गर्दै २ गोलको अग्रता बनाए ।

दोस्रो हाफको ईन्जुरी समयमा लयमा आएको झापा युनाईटेडका दिलेन मोक्तानको पासमा कर्ण लिम्बुले गोल गर्दै खेल २–१ मा झारे भने खेलको ७८ औं मिनेटमा झापाका आशिश चापागाईले अर्काे गोल गर्दै खेल बराबरीमा पुर्याए । खेलको ईन्जुरी समयमा निर्णनायक गोल गर्दै कर्ण लिम्बुले झापालाई उपाधि नजिक पुर्याए ।

दोस्रो हाफमा आयोजक डाँगिहाट फुटवल क्लवका उमेश कार्कीले हानेको बल बारमा लागि फर्कीएको थियो भने सुनिल खड्काले किपरलाइ बिट गरि लगेको बल झापाका प्रबेश गुरूले उत्कृषट बचाउ गरे । खेलको ६७ औं मिनेटमा झापाका कर्ण लिम्बुले हानेको वान भर्सेस वान बल डाँगिहाटका किपर छिरिङ तामाङले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफ पछिको निकै घम्साघम्सी खेलमा झापाका खेलाडिको प्रहारहरु डाँगिहाटका किपरले जालि चुम्नबाट जोगाएका थिए ।

झापाका लागी डाँगिहाट फुटबल क्लवका गोल किपर छिरिङ तामाङ निकै बाधक बने । खेलको म्यान अफ द म्याच निर्णनायक गोल कर्ता झापाका कर्ण लिम्बू घोषीत भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर