RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल भेट्रान फुटल सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ भाद्र २०७४, बिहीबार १९:२९
3
Shares
विराटनगर, २९ भदौ ÷ पूर्वाञ्चलस्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता विराटनगरमा आजदेखि सुरु भएको छ ।

सि.एम.जी स्वास्थ्य क्लब विराटनगरको आयोजनामा विराटनगरको डिग्री क्याम्पसको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा विराट चौक भेट्रान फुटबल क्लबलाई ३–२ गोलको अन्तरले पराजित गरि हाम्रो भेट्रान क्लब पोखरीया बिजयी भएको छ ।

पहिलो हाफसम्म निकै रोमाञ्चक भएको प्रतियोगिताको पहिलो हाफको १३ आंै मिनेटमा विराट चोक भेट्रान क्बका सुरज श्रेष्ठले गोल गरि टिमलाई अग्रता दिलाए । विराटचोकले गोल गरेको ५ मिनेट नबित्दै हाम्रो भेट्रान क्लबका विश्वराज चौधरीले दिएको क्रस पासलाई सदुपयोग गर्दै १६ औ मिनेटमा इश्वर चौधरीले गोल गरि खेल बराबरीमा ल्याए । खेलको २१ औं मिनेटमा हाम्रो भेट्रान क्लबका विश्वनाथ चौधरीले डिबक्स बाहिबाट प्रहार गरेको गोलले जाली चुम्यो । पहिलो हाफसम्म २–१ गोलले हाम्रो भेट्रान क्बलले अग्रता लियो ।

दोस्रो हाफदेखि दबाबमा राखेको हाम्रो भेट्रान क्बलले ३७ मिनेटमा डम्बर राईले गरेको गोलले टिमको जित सुनिश्चित बन्यो ।
विराटचोक भेट्रान क्बलका हेमन्तकुमार लिम्बुले ४० मिनेटमा गोल गोल गरेका थिए ।
प्रतियोगिताको म्यान अफ म्याच विराटचोक भेट्रान क्लबका राजकुमार राई घोषित भए ।

प्रतियोगिताको शुक्रबारको खेल विर्तामोड भेट्रान क्बल र बिन्दासिनी भेट्रान क्बल विराटनगर विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद ५१ हजार रुपैयाँको साथै आकर्षण ट्रफि प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ३१ हजार सहित ट्रफि प्राप्त गर्ने आयोजक समितिको अध्यक्ष किशोर धमालले जानकारी दिए । प्रतियोगितामा पूर्वाञ्चलका १० वटा भेट्रान टिमको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर