animated ellipse animated ellipse

आँखा अस्पतालको बार्षिकोत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ भाद्र २०७४, बुधबार २१:२३
3
Shares
विराटनगर, २८ भदौ/ विराटनगर आँखा अस्पतालले ११ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।

वार्षिकोत्सवका अवसरमा आँखाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर संजय सिंहले सन् २०१६ सेप्टेम्बर १ देखि २०१७ अगस्त सम्ममा अस्पतालले २ लाख ६६ हजार ३ सय ३६ जना आँखाका बिरामीको उपचार गरेको जानकारी दिए ।

यस्तै ६२ हजार २ सय ९४ जनाको आँखाको शल्यक्रिया गरेको र ४९ हजार ४ सय ९३ वयस्क व्यक्तिहरुमा भएको मोतिबिन्दुको शल्यक्रिया गरेकोे जानकारी दिए ।

७ जना बालबालिका दिनहु दृष्टिविहीन हुने गरेको र जसमा दृष्टिविहीन भएकै कारण २ जना बालबालिकाको प्रत्येक दिन मृत्यु हुने गरेको जानकारी दिइएको थियो ।

यस्तै अस्पतालले कानका बिरामीहरुलाई पनि सेवा दिँदै आएको जानकारी दिइएको थियो । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर आँखा अस्पतालले पु¥याएको गुणस्तरीय सेवाले विराटनगरबासी मात्र नभएर अन्य क्षेत्रका व्यक्ति पनि लाभान्वित भएको बताए ।

उनले मरणोपरान्त आँखा दान आफूले गरिसकेको बताउँदै अन्यलाई पनि आँखा दान गर्न अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर