ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बिराटनगरलाई हराउदै जिवि रवर उपाधी नजीक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ भाद्र २०७४, बुधबार १९:४८
3
Shares
गोपाल काफ्ले
पथरी, २८ भदौं जिबि रबर फुटवल क्लव मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप २०७४ उपाधी नजीक् प्रवेश गरेको छ ।

आज भएको सेमीफाइनल खेलमा बिराट मेघा स्पोट एकेडेमी बिराटनगरलाई १ का बिरूद्घ २ गोलले पराजित गर्दै जिबि रवर मंगलबारे फाइनलमा प्रवेश गरेको हो ।

एडिभिजनका खेलाडी दिपक राई, विजय धिमाल, सन्जोग राई, विक्रम लिम्बू, पुजन उपर्काेटीसहित तीन जना नाईजेरीयन खेलाडी सम्मिलीत मंगलबारेको लागि खेलको २० औं मिनेटमा दिपक राईको उत्कृष्ट पासमा मेस्सीले किपरलाई बिट मार्दै गोल गरेका थिए ।

बिराट मेघका कैलास बस्नेतले प्रहार गरेको एक पछि अर्काे बलहरु पोलमा लागि फर्किएको थियो । खेलको ४२ औ मिनेटमा बिराटका निरज बस्नेतले हानेको फ्रिकिक बारमा लागेर फ्रकेपछी बिरेन थारुले पोल चार्ज गर्दा डिबक्स भित्र मंगलबारेका सुरेन थापाको हातमा लागि बिराटले पेलान्टी पाएको थियो । पेलान्टीमा बिराटका बिरेन थारूले गोल गर्दै खेल बराबरी बनाए ।

खेलमा बिराटका खेलाडिले निकै राम्रो अवसरहरु चुकाएका थिए । बिराटका निरज बस्नेतको प्रहार गरेको फ्रिकिक मंगलबारेका पिटरले बाईसाईकल प्रहार गरि खालि पोष्टमा गोल हुनबाट बचाएका थिए भने बिराटका खेलाडिले हानेको अर्काे बल पिटरलेनै खालि पोष्टमा हेड गरि बचाएका थिए ।

बिराटका पारस लिम्बुले निकै राम्रा अवसरहरु गोल गर्न चुकोका थिए । खेलको ७८ औं मिनेटमा मंगलबारेका मीन धिमालले निकालेको पासलाई माटिनले छातीले रोकी मिलाएको बल सन्जोक राईले उत्कृष्ट गोल गरे । त्यस पछि खेलमा कुनै गोल हुन नसकेपछी खेल मंगलबारे बिजयी भयो । आजको खेलको म्यान अफ द म्याच पिटर घोषित भए । भोलीको खेल आयोजक डाँगिहाट युथ क्लव मोरङका बिरुद्घ बिर्तामोड युनाईटेड झापा बिच हुनेछ ।

मंगलबार भएको खेलमा राष्टिय जागृती क्लवका प्रशिक्षक श्याम मान्नधर माथी भएको गल्तीमा आयोजकले माफी मागेको छ र गल्ती गर्नेको खोजी भईरहेको आयोजकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर