खबर पूर्वाञ्चल
आज भएको खेलमा आयोजक डाँगीहाट युथ क्लवले ३ का विरुद्ध १२ गोलको गर्दै धनकुटा फुटवल क्लव धनकुटालाई पराजित गरेको हो ।
खेलको ८ औँ मिनेट र ११ औ मिनेटमा डाँगीहाटका सुनिल खड्काले गोल गर्दै खेल २–० को अग्रता दिलाए । खेलको १८ औ मिनेटमा धनकुटाका लुङग्रीहाङ राईले १ गोल गरे भने २४ औ मिनेटमा आयोजकका सुनिल खड्काले गोल गर्दै हेट्रिक पूरा गरे । धनकुटाका दिवश लिम्बुले खेलको ३३ औ मिनेटमा गोल गर्दै खेल २–३ अन्तरमा पुर्याए भने खेलको ३९ औ मिनेटमा उमेश कार्की र पहिलो हाफको ईन्जुरीमा उमेश राईले गोल गर्दै खेल २–५ को अग्रतामा पुर्याए ।
दोस्रो हाफको ५२ औ मिनेटमा निशान लिम्बू र ५७ औ मिनेटमा सुनिल खड्काले गोल गर्दै डाँगीहाटलाई २ का वीरूद्घ ७ गोलको अग्रता दिलाए । खेलको ५९ औ मिनेटमा डाँगीहाटका किपर किसोर राईले फल गरेपछी पेलान्टीमा धनकुटामा अबिनाश राईले गोल गर्दै ३ गोल पुर्याए पनि आयोजकका छिरिङ राई खेलको ६१ औ मिनेटमा र ६४ औ मिनेटमा सुनिल खड्काले गोल गर्दै खेल ३ का बिरुद्ध ९ गोलको अग्रता दिलाए । निकै दबाबमा राखेको धनकुटालाई खेलको ७१ औ मिनेट र ७६ औ मिनेटमा अर्जुन कार्की २ गोल गरे ७३ औ मिनेटमा बिबेक पौडेलले १ गोल गर्दै खेल ३ का बिरुद्घ १२ गोलको फराकीलो अन्तरमा पुर्याए । खेलमा डाँगीहाटका सुनिल खड्का म्यान अफ द म्याच घोषित भए ।
खेलमा टिकट बिक्रीबाट एक जनालाई गोला प्रथाबाट मोवाइल प्रदान गरीयो । गोल्डकपमा धनकुटा,झापा,मोरङ र सुनसरीका गरी ८ वटा टिमको सहभागि छन । गोल्डकपलाई बुद्ध एअरले मुख्य प्रायोजन गरेको छ । सोमबारको खेल धरान फुटवल क्वलका बिरुद जि बि रवर मंगलबारे बिरुद हुने आयोजकले जानकारी दिए ।
गोल्डकपबाट प्राप्त आम्दानी खेलकुद क्षेत्रको बिकास र बाढीपिडित बालबालिकाहरुको शैक्षिक सामाग्री जुटाउन खर्च गर्ने आयोजकले जनाएको छ । गोल्डकपमा प्रथम हुनेलाई रु .१ लाख ११ हजार १ सय १ र दोस्रो हुनेलाई रु. ५१ ह्जार १ सय १ रुपैया पुरस्कारले पुरस्कृत गरिने छ । एन्फा केन्द्रीय उपाध्यक्ष तथा धरान फुटवद एकेडेमीका अध्यक्ष किशोरराई द्घारा खेल अवधिभर उत्कृष्ट खेलेने खेलाडिलाई नगद १० हजार प्रदान गर्ने भएका छन् ।