RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा स्कूल प्रिन्सेस हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ भाद्र २०७४, शनिबार १६:५०
3
Shares
प्रतियोगिताबारे जानकारी दिदै आयोजक ।
विराटनगर, २४ भदौ / विराटनगरमा स्कूल प्रिन्सेस २०१७ हुने भएको छ । ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रा.लि. आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको पहिलो अडिसन भदौ ३१ गते हुने जानकारी गराएको हो ।

स्कूल अध्ययरत विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रस्टफुटन गराउने उद्देश्यले आयोजना गर्न लागेको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत गर्ने छात्राले भाग लिन पाउनेछन् । प्रतियोगिताको बिजेताले ३१ हजार रुपैयाको साथै विभिन्न गिफ ह्याम्पर प्राप्त गर्ने ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रालिका चियरपर्सन ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

फष्ट रनरअपले नगद २० हजार र सेकेन्ड रनरअपले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘अहिले स्कूलमा गएर विद्यार्थी तथा शिक्षक र अभिभावकलाई प्रतियोगीताको बारेमा बुझाउने काम भईरहेको छ,’ चियरपर्सन श्रेष्ठले भने, ‘प्रतियोगितामा भाग लिन विद्यार्थीले तिव्र इच्छा देखाएका छन् ।’ स्कूल अध्ययरत विद्यार्थीहरुले दशैं र तिहारको विदा परेकोे समयलाई सदुपयोग गर्दै प्रतियोगिताको तयारी गरेको मिडीया कोअडिनेटर प्रेम देवानले जानकारी दिए ।

स्कूल प्रिन्सेसको दोस्रो अडिसन असोज ११ गते र फाईनल कात्तिक ११ गते विराटनगरमा हुने आयोजका सुशिल घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

ताजा समाचार