खबर पूर्वाञ्चल
प्रदेश नं. १ मोरङ क्षेत्र नं. ३ मा नेपाल तरुण दतका सभापती सन्तोष कटुवालले भेटघाट कार्यक्रममा यूवाहरुलाई सम्बोधन गर्न शर्मा उपस्थित भएका हुन् । संगठन बिस्तार गर्दै हिडेका नोबेल मेडिकल कलेजका निर्देशक शुनिल शर्माले आफुले टिकट पाए एमालेको किल्ला तोडने बताए । मोरङमा काङग्रेसको सबैभन्दा कमजोड क्षेत्र भनेकै क्षेत्र नं. ३ हो त्यहि भएर शुनिल शर्माले आफु कम्जोर ठाउँ बाट उठेर जित दिलाउने बताए ।
स्वास्थ क्षेत्रमा लामो समय बिताई सकेका शर्माले गरिव जनताका छोरा छोरीले शिक्षा र स्वास्थ क्षेत्रबाट बन्चित हुनु हुदैन भन्ने अभिलाशाका साथ आफुले उमेदवार दिने जानकारी दिए ।
आफुले धन कमाएको अब सम्पुर्ण नेपालीको मन शिक्षा र स्वास्थ क्षेत्रबाट जितेर देखाउने शर्माले बताए ।
क्षेत्र नं. ३ मा मोरङको पथरीशनिश्चरे वडा नं. १,२,३,४,७,८,९,१० कानेपोखरी गाउँपालीका ४,५,६,७ बेलबारी नगरपालिका १,२,३,४,८,९,१०, ११ र सुन्दरहरैचा १,८,९,१०,११,१२ गरि ३ नगरपालिका र १ गाउँपालिकाका केहि वडाहरु समेटिएको छ । जम्मा १ लाख ६४ हजार जनसंख्या रहेको क्षेत्र रहेको छ । जुन क्षेत्रमा काङग्रेसबाट सुनिल शर्मा, केशव दुलाल, सेखर चन्द्र थापा आकाङक्षी रहेका छन भने नेकपा एमालेबाट रामकुमार बस्नेत, कृष्णकुमारी राई, गुरु बराल, चण्डीप्रसाद राई दौडधुपमा रहेका छन् ।