खबर पूर्वाञ्चल
सोमबार बसेको नगर सभा सम्पन्न बाट पास भएको नीति र बजेट आज पत्रकार महा संघ मोरङको सम्पर्क कार्यालय पथरीशनिश्चरेको पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।
मोरङमै पहिलो नगरसभा गरि बजेट पनि सार्वजनिक गरि सम्पन्न गर्ने पहिलो नगर बनेको छ । नगर सभाको पहिलो आर्थिक बजेट पथरीशनिश्चरे नगरका प्रबक्ता यम गुरगाईले उक्त बजेट प्रस्तुत गरेका थिए । सभामा आर्थिक बर्ष २०७४/७५ को कुल खर्च ५५,४४,५९,६५८ अनुमान गरेको छ । जस्मा आन्तरीक आम्दानी तर्फ रु २,१७,३०,००० प्रतिबेदनमा प्रस्तुत गरिएको छ । पुजिगत खर्च तर्फ २६,६५,१९,३५९ छ भने प्रसासनिक चालू खर्च तर्फ २८,७९,४०,२९९ देखाईएको छ ।
नगरले पूर्वाधारको बिकास, सेवा प्राप्तिमा सर्वसुलभता, नगर प्रतिको आम जनातको आश्तालाई बृद्घि, नगरबासीको आर्थिक र सामाजिक अवस्था सुधार र लक्षित बर्गमा सशक्तिकरण चालू बजेटका उदेश्यमा राखेको छ ।
नगरले पहिलो प्राथमिक्तामा सडक निर्माण, कृषि,पर्यटन, वातावरण, रोजगारी, सुरक्षा भत्ता बितरण, सेवामा प्रभावकारी, सुरक्षामा जोड र संस्थागत क्षमतामा वृद्घि रहेको छ ।
१०९ बुदाको कार्य्निती बनाएको नगरले अल्प अल्प नीति र बजेट तर्जुमा गरेको देखिन्छ । बजेट तथा नीति का जिज्ञासामा अधिकृत कुमार कोईरालाले र मेयर दिलिपकुमार राईले प्रस्ट्याएका थिए ।