AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वेतना सिमसारको गुरुयोजना निर्माण प्रारम्भ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ भाद्र २०७४, आईतवार २०:५०
3
Shares
बेलबारी,१८ भदौं मोरङको बेलबारी नगरपालिकास्थित वेतना सिमसार क्षेत्रको संरक्षणका लागि गुरुयोजना निर्माण गर्ने कामको सुरुआत भएको छ ।

प्रारम्भिक चरणमा सिमसार संरक्षण समिति र योजना निर्माणको अनुमति पाएको हरित नेपाल विकास प्रालिले स्थलगत अध्ययन गरी आइतबार सरोकारवाला र विज्ञहरुसँग छलफल कार्यक्रम आयोजना गरेका छन् ।

सो कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाकी उपमेयर ढाका( तारा) पराजुलीले वेलबारीको स्पष्ट पहिचान दिएर अन्तर्राष्ट्रिय स्तरसम्म वेतना सिमसारलाई चिनाउन र यसबाट पर्यापर्र्यटनको विकास गरी आर्थिक लाभ उठाउने योजना नगरपालिकाले समेत तयारी गर्दै गरेको बताइन् । प्राणीशास्त्रका विज्ञ डा.भरतराज सुब्बाले हतार हतारमा नभई गहिरो अध्ययन गरेर मात्र गुरु योजना बनाउन सुझाव दिए ।

वनस्पतिशास्त्रका विज्ञ प्राडा शिवकुमार राईले वेतना सिमसारमा ६ प्रकारका नयाँ प्रजातिका लेऊ भएको जानकारी दिँदै वनस्पतिको पहिचान र संरक्षण गर्न सुझाव दिए । प्राणीशास्त्रका विज्ञ एवम् पत्रकार रामचन्द्र अधिकारीले जीवजन्तु र वातावरणमा खलल नपुर्याई सिमसारमा निर्माण हुनुपर्ने र विश्वव्यापिकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा सिमसार संरक्षण समितिका सल्लाहकार इरानकुमार राई,तिलकप्रसाद राई,समितिका अध्यक्ष डम्बर बस्नेत,कोषाध्यक्ष कमल कोइराला, परामर्शदाता संस्थाका कन्सल्टन्टहरुलगायत सरोकारवालाहरुले आ आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर