AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका उच्च माविको नतिजा उत्कृष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०७४, शनिबार २०:५६
3
Shares
विराटनगर, १७ भदौ\ शैक्षिक हबको रुपमा विकास हुँदै गएको विराटनगरको उच्च माविलेहरुले पछिल्लो समय हुने परीक्षामा उत्कृष्ट नजिता ल्याउन सफल भएका छन् ।

हालै सार्वजानिक भएकोे कक्षा १२ को व्यवस्थापन संकायको परीक्षाफलमा विराटनगरको उच्च माविले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

निजी क्षेत्रका उच्चमाविले नेपाल टप भएको दाबी गरेका छन् भने सामुदायिक उच्च माविका शिक्षकहरुले सन्तोषजन नतिजा आएको प्रतिक्रिया दिएका छन् ।

विराटनगरमा रहेको एभरेष्ट उच्च माविमा अध्ययनरत सुनिधी केसीले नेपाल टप गरेको दाबी गरेको छ ।

केसीले ८७ दशमलव ४० प्रतिशत अंक ल्याएको विद्यालयका प्राचार्य टिकाराम पुरीले बताए । केसी कक्षा ११ को परीक्षामा ८७ दशमलव २० प्रतिशत अंक ल्याएर नेपाल टप भएकी थिइन् । केसीको कक्षा ११ र १२ को ग्रेडेड प्रतिशत ८७ दशमलव ३० प्रतिशत रहेको छ ।

एभरेष्टमा व्यवस्थापन संकायमा २६ जना विद्यार्थी अध्ययनरत थिए । उनीहरु सबै विशिष्ट र प्रथम श्रेणीमा उत्तीर्ण भएका हुन् । शिक्षकहरुको अथक मेहनतले विद्यालयले राम्रो नतिजा हासिल गरेको प्राचार्य पुरीले बताए ।
त्यस्तै कान्तिपुर कलेजका राजेशकुमार साहले ८७ प्रतिशत अंक ल्याएका छन् । सो कलेजको व्यवस्थापन संकायमा २ सय ३५ जना विद्यार्थीहरु अध्ययनरत थिए । कान्तिपुरबाट ९७ प्रतिशत विद्यार्थी कक्षा १२ को परीक्षामा पास भएको कलेज प्रमुख सन्तोष भगतले जानकारी दिए । कलेजको अनुसार १५ जना विशिष्ट श्रेणीमा पास भए ।

मेरिल्याण्ड कलेजबाट उत्कृष्ट ८६ दशमलव ४० प्रतिशत अंक ल्याएर अभयकुमार साह उत्तीर्ण भए । उक्त कलेजमा ५ सय ७१ जना विद्यार्थीहरुले कक्षा १२ को परीक्षा दिएका थिए । त्यसमध्ये ९८.७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको कलेज प्रमुख लक्ष्मण ढकालले जानकारी दिए ।

भानु मेमोरियल उच्चमाविका शिशिर खनालले ८३ दशमलव ७ प्रतिशत अंकसहित उत्कृष्ट नतिजा निकालेका छन् । भानुबाट १ सय ७७ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए । त्यसमध्ये १३ जना विशिष्ट, ७२ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।

शिक्षादीप कलेजबाट परीक्षा दिएका २ सय २९ विद्यार्थीहरुमध्ये रमा मगरले उत्कृष्ट ८१ प्रतिशत अंक प्राप्त गरिन् । शिक्षादीपका दुई सय विद्यार्थीहरु विभिन्न श्रेणीमा उत्कृष्ट अंक ल्याएर पास भएको प्रिन्सीपल ज्ञानबहादुर खड्काले बताए ।

अर्किड कलेजका रोशन थापाले पनि ८१ प्रतिशत अंक प्राप्त गरेका छन् । अर्किडबाट १ सय ८३ विद्यार्थीहरु कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । कुल ९१ प्रतिशत विद्यार्थीहरु पास भएको अर्किडबाट चारजनाले विशिष्ट श्रेणी हाँसिल गरको प्रिन्सीपल दिपेश बास्तोलाले बताए ।

सेन्ट जोसेफबाट पनि शतप्रतिशत् विद्यार्थी उत्तीर्ण भएका छन् । १६ जना विद्यार्थीहरु रहेकोमा सबै प्रथम श्रेणीमा पास भए । तानभी अग्रवालले सबैभन्दा धेरै ८० प्रतिशत अंक ल्याइन् । १ सय ७४ विद्यार्थीहरु रहेको कोबास कलेजबाट ८९ प्रतिशतले उत्तीर्ण गरे । त्यहाँबाट १ सय १५ जना विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । ७९ प्रतिशत अंकसहित एलिश अली उत्कृष्ट भए ।

मोर्डन एराका सन्तोष कोइरालाले ७८ प्रतिशत अंक ल्याएको कलेजले जनाएको छ । मोर्डन एरा उच्च माविबाट ६ जनाले विशिष्ट श्रेणीसहित ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको संस्थापक निर्देशक इन्द्र राईले जानकारी दिए ।

व्यवस्थापन संकायमा कक्षामा १६ औं वर्ष प्रवेश गरेको लर्डबुद्ध कलेजकी चाँदनी तामाङले ७७ प्रतिशत अंक ल्याएर पास भइन् । दुई सयजना विद्यार्थीहरु रहेकोमा ९२ प्रतिशत विद्यार्थीले उत्कृष्ट अंकसहित पास भएको प्रिन्सिपल सरोज भट्टराइैले जानकारी दिए ।

सामुदायिकतर्फका उच्च माविले पनि उत्कृष्ट नतिजा निकालेको दाबी गरेका छन् । सामुदायिकमा नाम कहलिएका उच्च माविहरुमध्ये आदर्श, जनपथ, पोखरीया, सत्य नारायण लगायतले सम्मान जनक नतिजा हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर