AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वबाट मरिच तस्करी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ भाद्र २०७४, बुधबार २१:०४
3
Shares
marich
विनु तिम्सिना
विराटनगर, १४ भदौ/ लामो समयदेखि नेपालबाट भारततर्फ सुपारी कटाउने धन्दामा संलग्न रहेकाहरुले भारततर्फ कालो मरिच तस्करी गर्न थालेको पाइएको छ ।

मसलाका रुपमा प्रयोग हुने मरिच भारत पु¥याउँदा प्रति किलो तीन सय ७५ रुपैयाँ सम्म फाइदा हुने भएपछि सुपारी धन्दामा संलग्नहरुले अहिले मरिच तस्करीमा सक्रियता बढाएको प्रहरीको निस्कर्ष छ ।
नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा नेपाल–भारत सीमावर्ती क्षेत्रबाट दैनिक रुपमा मरिच बरामद हुन थालेपछि मरिचको तस्करी हुन थालेको नयाँ तथ्य बाहिर आएको हो ।

प्रहरीले तेस्रो मुलुकबाट ल्याएर मरिच भारततर्फ तस्करी गर्ने गरिएको पत्ता लगाएको छ । विशेष गरेर तस्करीमा संलग्नले भारततर्फ मरिच लैजान जोगवनी नाकाको प्रयोग गर्ने गरेका छन् ।

प्रहरीले महिलाको शरीरमा ‘फिट’ गरेर एवं प्लाष्टिकको झोला र साइकल, रिक्सा लगायतका साधन प्रयोग गरेर मरिच लैजादै गर्दा दुई साताको अवधिमा सय किलोभन्दा बढी मरिच बरामद गरेको छ । विराटनगरको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निलौला र सीमा प्रहरी चौकीका प्रमुख नायव निरीक्षक दीपक यादव नेतृत्वको संयुक्त टोलीले बरामद गरेको मरिच कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।

मरिच तस्करीमा संलग्न ६ जना महिलालाई पक्राउ गरेर कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा प्रहरीले बुझाएको छ । कार्यालयले मरिच लिलामी गर्ने र मरिच ओसारपसार गर्नेहरुलाई भने धरौटीमा छाड्ने गरेको छ । प्रहरी नायव निरीक्षक यादवले पहिले सुपारी तस्करीमा संलग्नहरु त्यो धन्दा छाडेर अहिले मरिच तस्करीमा संलग्न हुन थालेको पाइएको बताए ।

प्रहरी निरीक्षक निरौलाले मरिच तस्करी हुन थालेको नयाँ तथ्य फेला परेसंगै सीमा क्षेत्रमा नियन्त्रणका लागि विशेष अप्रेशन सञ्चालन गरिएको जानकारी दिए ।

नेपालमा ६ सय २५ रुपैयाँमा पाइने मरिच भारत पु¥याउँदा प्रतिकिलोग्राम एक हजार रुपैयाँ पर्छ । प्रक्रिया पूरा गरेर भने मरिच भारत लैजान पाइन्छ । विराटनगर भन्सार कार्यालयका प्रवक्ता दिलिप केसीका अनुसार भन्सारमा प्रति किलोग्राम १ सय १३ रुपैयाँ राजश्व तिरेर मरिच भारत लैजान पाइन्छ । भन्सार बुझाउँदा महँगो पर्ने भएकाले कारोवारमा संलग्नले तस्करी गरेर मरिच भारत लैजाने गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर