विराटनगर, २८ श्रावन/ गए रातीदेखि परेको अबिरल वर्षाका कारण पूर्व क्षेत्रको जनजीवन प्रभावित भएको छ । निरन्तरको बर्षाका कारण विभिन्न खोलाहरुमा आएको बाढीका झापा मोरङ सुनसरीका बस्तीहरु डुवानमा परेका छन् ।
बर्षाका कारण खोलामा आएको बाढी डुवाउँदा सुनसरी र मोरङमा ९ जनाको मृत्यु भएको छ । मोरङको बक्राहा र नुनसरी खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ २ का ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउ“पालिका ९ का मीनबहादुर थापा रहेको क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार सुनसरीको गैरागाउ“ स्थित बुढीखोलाले बगाएर ६ जनाको ज्यान गएका छन् । मृत्यु हुनेमा दुई परिवारका दुई दुई जना छन् ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भोजपुर घर भइ इटहरी बस्दै आएकी माया राईकी ८ वर्षीया छोरी रुपसनी राई, तीन वर्षीय छोरा रुपेश राई, इटहरी ४ आइतबारेका ४० वर्षीय ईश्वर सुनुवार, इटहरी कै ३० वर्षीया माला साह र उनको १० वर्षीया छोरा सिटी साहको मृत्यु भएको छ । त्यस्तै इटहरी तरहराका एकजना पहिचान खुल्न नसकेका पुरुषका पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुढीखोला र टेग्राहा खोलामा आएको बाढी पसेर इटहरी उपमहानगरपालिका क्षेत्र पुरै जलमग्न बनेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका २ बौराहा टोलमा बुढीखोलाको बाढी पसेर चार सयभन्दा बढी घर डुबानमा परेका छन् ।
यस्तै उर्लाबारी नगरपालिका ८ माझी टोलमा बक्राहा नुनसरी खोलाको बाढी पसेर दर्जनौ घर डुबानमा परेका छन् । मोरङकै बेलबारी नगरपालिका ५ स्थित भित्री सडकमा रहेको पक्की पुल लोहन्द्रा खोलाको बाढीले बगाएको प्रहरीले जनाएको छ । सुनसरी मोरङ सिचाई आयोजनाको नहरस“गै रहेको पुल बगाएपछि भित्री सडकको आवात जावत रोकिएको छ ।
तपाईको प्रतिक्रिया