उर्लाबारी, २७ श्रावन / बक्राह खोलाले बगाउँदा मोरङको मिक्लाजुङ्ग गाउँपालिका–२ का ३२ वर्षीय गंगाराम खतिवडाको मृत्यु भएको छ ।
आज दिउँसो खोलाले बगाएर बेपत्ता बनाएको खतिवडालाई बेलुका साढे ६ बजेतिर मिक्लाजुङ्ग ८ मा मृत अवस्थामा फेला पारेको उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।
मृतकका आफन्तका अनुसार मधुमल्ला बजारमा आफन्तलाई भेटेर घर फर्कँदै गर्दा खतिवडालाई बक्राह खोलाले बगाएको होे ।