AArya
RUMPUM
animated ellipse animated ellipse

स्वास्थ निर्देशकद्वारा अस्पतालको निरिक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ श्रावण २०७४, बिहीबार १५:४९
3
Shares
रबिन्द्र बराल
रंगेली, २६ श्रावण / स्वास्थय निर्देशकहरुले मोरङको रंगेलीमा रहेको जिल्ला अस्पतालमा आज निरिक्षण गरेका छन् ।
अस्पतालमा रहेको भौतिक संरचना र ओपिडि , एक्सरे, ल्याव,औषधी बितरण फाँट लगायतका डिपार्टमेन्टहरुको निरिक्षण समेत गरेका छन् ।
क्षेत्रीय स्वास्थय निर्देशनालय संरचना धनकुटाका क्षेत्रीय निर्देशक डा. बिष्णुबहादुर वस्नेत ,स्वास्थय विभाग व्यवस्थापका महासाखाका निर्देशक डाक्टर बिकास देवकोटा ,वरिष्ठ जनस्थय प्रशाशक व्यवस्थापन महासाखाका सागर घिमिरे ,स्वास्थ्य मन्त्रालयका साखा अधिकृत बिरभद्र जोशी,रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया,अस्पतालका मेसु समीर पौडेल, बडा अध्यक्ष रामचन्द्र मण्डललगायतले अस्पतालको निरिक्षण गरेका थिए ।
निरिक्षण पश्चात् उनीहरुले अस्पतालको व्यवस्थापन राम्रो रहेको र यस अस्पतालमा ५० सैया बेडको लागि आवस्यक पहल गर्न बताए । रंगेलीका मेयर बगडियाले भने रंगेली अस्पतालमा आफुले नगरपालिकाबाट के कस्तो सहयोग गर्नु पर्छ आफुले त्यसको लागि तयार रहेको बताए ।
रंगेली अस्पतालमा ल्याव,भिडियो एक्सरे,एक्सरे , फिजियो थेरापी,ईसिजी, सञ्चालन भए पछि अहिले मोरङको रंगेली ,दर्वेशा,टकुवा,कर्सिया,डाईनियाँ तथा दक्षिणी भेग र भारतको कुवाडी,सुर्साकट्टालगायतका सिमावर्ती क्षेत्रमा दैनिकी १ सय देखि १ सय ५० जना सम्म बिरामीहरु उपचारका लागि अस्पतालमा आउने गरेको डाक्टर समीर पौडेलले जानकार िदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर