RUMPUM
animated ellipse animated ellipse

जिल्ला समन्वय समिति मोरंगको निर्वाचनमा एमालेसँग चार पार्टिको तालमेल उपसंयोजकमा माकेका साह निर्विरोध विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ श्रावण २०७४, बिहीबार १५:४८
3
Shares
विराटनगर, २६ साउन / आउँदो शनिबार जिल्ला समन्वय समिति (जिसस) मोरङको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता गराएका छन् ।
नौ पदको लागि हुने निर्वाचनमा १८ जनाले जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन् ।

जिसस संयोजक तथा उपसंयोजकसहित सदस्य पदका लागि नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमबीच गठबन्धन भएको छ । लोकतान्त्रिक र संघीय समाजवादीले काँग्रेससँग तालमेल गर्ने भनेपछि एमाले र माओवादीसँग मिलेका छन ।

काँग्रेस जिल्ला सचिव मोदराज घिमिरेले भने,‘लोकतान्त्रिकलाई उपाध्यक्ष दिएर तीन सदस्य संघीय समाजवादीले लिने भन्ने थियो तर आएनन् ।’समन्वय समितिको नेतृत्वको लागि मोरङमा कुनै पनि दलसँग स्पष्ट बहुमत नभएपछि नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रीले चुनावी गठबन्धन बनाए उम्मेदवारी दर्ता गरेका छन् भने नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

चार दलको गठबन्दनबाट प्रमुखमा नेकपा एमालेका नरेश पोखरेल उपप्रमुखमा नेकपा माओवादीकका प्रकाशकुमार साहले उम्मेदावरी दर्ता गरेका छन् । यता एक्लै चुनावी मैदानमा होमिएको नेपाली काँग्रेसका प्रमुखमा सत्यनारयण पण्डित र उपप्रमुखमा सुनिलप्रसाद दाहालले उम्मेदावरी दर्ता गरेका छन् ।

प्रमुखमा पुरुष भए उपप्रमुखमा महिला हुनु पर्ने प्रावधन रहेपछी कांग्रेसबाट प्रमुख र उपप्रमुख दुबैमा पुरुष उम्मेदवारले नाम दर्ता गराएपछि काँग्रेसबाट उप्रमुखमा उम्मेदवारी दर्ता गराएको दाहालको उम्मेदवारी रद्ध भए पछी गठबन्धनका उम्मेद्वार साह निर्विरोध विजयी भएका छन् ।
चारपार्टी बिच भएको गठबन्धनबिच अन्तर्घात नभएको अवस्थामा प्यानलै बिजयी हुने निश्चत छ । एमालेको १४, लोकतान्त्रिक फोरमको ३, माओवादी केन्द्रको २ संघीय समाजवादी फोरमको २ गरि चुनावी गठबन्धनसँग २१ भोट रहेको छ भने एक्लै निर्वाचनमा होमिएको काँग्रेसको १३ भोट छ ।
अन्तिम अवस्थासम्म संघीयसमाजवादी फोरमसँग तालमेलन गर्ने योजनामा रहेको काँग्रेसको आन्तरकि समस्याको कारणले गर्दा हुन नसकेको स्रोतले बताएको छ ।
गठबन्धनबाट एमालेले प्रमुख र एक सदस्य, माओवादीले उपप्रमुख, संघीय समाजबादी र फोरम लोकतान्त्रीकले ३÷३ सदस्यमा भागबन्ड मिलेपछि तालमेल भएको थियो । समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुखले मतदान गर्न पाउनेछन् ।
समन्वय समितिको निर्वाचनबाट एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित तथा अल्पसंख्यक र अन्य गरी नौ जना निर्वाचित हुनेछन् । संयोजकर्मा दुई जनाको उम्मेदवारी परेको छ ।
यसैगरी तीन सदस्यमा पाँच, तीन महिला सदस्यमा पाँच र दलित सदस्य दुई जनाको मनोनयन दर्ता भएको छ । शुक्रबार चुनाव चिन्ह दिएर शनिबार निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर