AArya
RUMPUM
animated ellipse animated ellipse

मन्दिरलाई सामुदायिक भवन हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ श्रावण २०७४, बुधबार १५:४२
3
Shares
उर्लाबारी, २५ श्रावन / उर्लाबारी –७ मा रहेको देबिस्थान दुर्गा मन्दिरमा आफ्ना बुवा आमाको नाममा निर्माण गरिएको भवन आज एक कार्यक्रमका बिच मन्दिरलाई हस्तान्तरण गरिएको छ ।
उर्लाबारी–७ निवासी गौरीप्रसाद भण्डारीले आफ्नो बुवा आमा अनन्तराम डिकुरादेबी भण्डारीको स्मृतिमा निर्माण गरेका सामुदायिक भवन मन्दिर समितिलाई हस्तान्तरण गरेको हो । मन्दिर परिसरमा निर्माण गरिएको सो भवनमा सार्वजनिक कार्यक्रम गर्ने २ हल , कोठा ८ वटा र ६ वटा ट्वाईलेट बाथरुम सहित चार तला रहेको छ । मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष तेजकुमार रिजाललाई चाबी प्रदान गर्दै सो भवन हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा स्थानीय समाजसेवी केसव कार्की ,उर्लाबारी–७ का वडाअध्यक्ष बिरबल थापा ,मन्दिर ब्यबस्थापन समिति अध्यक्ष तेजकुमार रिजाल एवं कार्यक्रमका प्रमुख अतिथि प. बद्रीनाथ खतिवडालगायतले भण्डारीको सामाजिक कार्यको प्रसंशा गरे ।सो मन्दिर परिसर मै आज देखि श्रीमद्भागवत सप्ताह पुराणको समेत आयोजना गरिएको छ । भण्डारी परिवार को तर्फबाट गौरिप्रसाद ,रामप्रसाद र धर्मप्रसाद भण्डारीले सो पुराण को आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर