AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आदिवासीहरुको पहिचानलाई संरक्षण गर्नेछु – मेयर पराजुली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ श्रावण २०७४, बुधबार १५:४०
18
Shares
विराटनगर २५ साउन । विश्व अन्र्तराष्ट्रिय आदिवासी दिवस विराटनगरमा आज विविध कार्यक्रम गरी मनाइएको छ ।
नेपाल आदिवासी जनजाती महांसघ नगर समन्वय परिषद् विराटनगरको आयोजनामा विराटनगरमा २३ औं विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न गरेको हो ।
“अधिकार प्रतिनिधित्व र स्वशाषन को लागी आदिवासी जानजाती को अडान । पहिचान सहितको संघियताको संविधान संसोधन हाम्रो साझा अभियान।” भन्ने मुल नारासहित नेपालमा पनि विविध कार्यक्रम गरी मनाएको हो । महासघले विभिन्न जातिय झाकी यार्ली सहित विराटनगरको विरेन्द्र सभागृहमा आमसभा गरेको छ ।
आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी विराटनगरका महानगरपालीकाका मेयर भिम पराजुलीले आदिवासी जनजातीको पहिचान र संरक्षणका लागी कटिबद्ध भएर लाग्ने बताएका छन् । नगर भित्र रहेका आदिवासी जनजातीहरुको मठ मन्दिर, भाषा, सस्कृतीलाई जोगाउनुको लागी महानगरपालीकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘आदिवासी जनजाती महासघको भवन तथा संग्रालय निर्माणको लागी पनि सहयोग लागी पहल गर्दै अगाडी बढ्नेछु तर त्यसको लागी तपाईहरु जग्गा उपलव्ध गराउनु होस म संग्रालय निमार्णको लागी सहयोग गर्नुेछु ।
कार्यक्रममा किरात याक्थुङ्ग चुम्लुङ्गका केन्द्रीय सदस्य नारायाण याक्सोे, नेपाल तामाङ घेदुङ संघका धुव्र तामाङ, नेपाल आदिवासी जनजाती महासघ मोरङका सल्लाहकार दिलवहादुर थेवे, खवास समाज परिषदका केन्द्रीय अध्यक्ष चनकलाल खवास चौधरी तथा नेपाल आदिवासी जनजाती महासंघ नगर अध्यक्ष सुरेस सिह गनगाइलले राज्यले आदिवासी जनजातीको हक अधिकारलाइृ कुन्ठित पारेको बताए ।
राज्यपक्षबाट भइरहेको राजनीतिक, भाषिक, साँस्कृतिक, धार्मिक, शैक्षिकजस्ता विभेद र मानवअधिकारको हनन् जस्ता उत्पीडनबाट मुक्ति दिलाउन संयुक्त राष्ट्र संघले सन् १९९४ यो दिवसको घोषणा गरेको जनाएको छ ।
यसैविच महासंघले नव निवानिर्वाचत विराटनगर महानगरपालीकका १९ वटै वडाका आदिवासी जनजातीका अध्यक्ष तथा सदस्य जनप्रतिनीधीहरुलाई पनि सम्मान गरिएको नगर सचिव प्रेम देवानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर